७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डलाई गोकुलको प्रश्न : बडेमान नेताले सत्ता खुस्केको झोक सिस्टममाथि पोख्न मिल्छ ?

४ माघ २०८१, शुक्रबार ११:४६

काठमाडौँ | नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भनेका अभिव्यक्तिमाथि टिप्पणी गरेका छन्।

बाँस्कोटाले आज सामाजिक सञ्जालमा लेख्दै प्रचण्डले सत्ता खुस्केको झोक सिस्टममाथि पोख्न मिल्छ भन्दै प्रश्न गरेका हुन्। उनले लेखेका छन्, ‘कमरेड सुप्रिमोले सरकार मात्र नभै सिस्टम नै खतरामा परेको ऐलान फिस्सै नमानी पिट्दिन भ्याए छन्। बडेमान नेताले सत्ता खुस्केको झोक सिस्टममाथि नै पोख्न मिल्छ र भन्या? कि उनको लाइन पनि भुटान भ्रमण प्रभावी हो? प्रमाण त छैन तर शंकाको सुविधा पाइयो। सजिलै गणतन्त्र खतरामा? आउछ के र को? जवाफ खै?’

यसअघि हिजो बिहीबार चितवनको माडीस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै दाहालले सरकार यही किसिमले अघि बढे राजनीतिक दुर्घटना हुने धम्की दिएका थिए। अध्यक्ष दाहालले भनेका थिए, ‘अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै दुर्घटना हुने हो कि भन्ने खतरा पैदा भएको छ। त्यस कारण हामी आम जनतालाई सतर्क रहन आग्रह गर्दा हामीले सदनबाट पनि संविधान, लोकतन्त्र, समावेशी र समानताको पक्षमा उभिनुपर्छ।’

उनले अहिलेको उपलब्धि खोस्न खोजियो भने देश राजनीतिक दुर्घटनातिर जाने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी