२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपा कार्यवाहक प्रवक्तामा प्रतिभा रावल

२०८१, ४ माघ शुक्रबार १२:३८

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक प्रवक्ताको जिम्मेवारी २७ दिनका लागि प्रतिभा रावललाई तोकेको छ ।

हालका कार्यवाहक प्रवक्ता मनिस झा शैक्षिक तथा निजी काममा व्यस्त हुने भन्दै रावललाई कार्यवाहक तोकेको हो । रावल रास्वपा सहप्रवत्ता हुन ।

रास्वपाले तत्कालीन महामन्त्री मुकुल ढकाललाई कारबाही गरेपछि कार्यवाहक प्रवक्ता जिम्मेवारी मनिस झालाई दिएको थियो । त्यसपछि २७ दिनको लागि रावललाई जिम्मेवारी दिएको हो ।

कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रावललाई माग ३ गतेबाट लागू हुने गरी माग ३० गतेसम्म रावललाई जिम्मेवारी दिएको बताए ।

रास्वपाले जारी गरेको सूचनामा भनिएको छ, ‘मिति २०८१,१०,०३ गतेदेखि मिति २०८१,१०,३० गते नेसं ११४५ पोहेलागा तृतीया देखि सिल्लाथ्व पुन्ही सम्म कार्यवाहक प्रवक्ता श्री मनिष झा निजी कार्यमा व्यस्त रहनुहुने भएकोले उल्लिखित अवधिका लागि कार्यवाहक सभापति श्री डोलप्रसाद अर्यालबाट सह प्रवक्ता श्री प्रतिभा रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी तोकिएको जानकारी गराउँदछौ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर