७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माधव नेपाललाई धक्का : समाजवादी प्रेस संगठनका अध्यक्षसहितको टीम प्रेस चौतारीमा प्रवेश

४ माघ २०८१, शुक्रबार १५:०७

काठमाडौँ | माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई धक्का लागेको छ । उक्त पार्टीनिकट समाजवादी प्रेस संगठनमा भुइँचालो जाँदा अध्यक्ष र महासचिव नै नेकपा एमालेनिकट प्रेस चौतारीमा प्रवेश गरेका छन् ।

यसअघि नै आधा दर्जनभन्दा बढी केन्द्रीय सदस्यहरूले नेपाल पत्रकार महासंघको महाधिवेशनताका संगठन छाडिसकेको अवस्थामा अहिले अध्यक्ष, उपाध्यक्ष र महासचिव नै चौतारीमा फर्किएका हुन् ।

अध्यक्ष सुवेदीसहित समाजवादी प्रेस संगठनका वरिष्ठ नेता नरेन्द्र साउद, उपाध्यक्ष सविन शर्मा र महासचिव रामकुमार एलन पनि चौतारीमा फर्किएका छन्। सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशीष गुरागाईं, सौगात मिश्र र नरेन्द्र विष्टलाई पनि बागबजारमा आयोजित कार्यक्रममा चौतारीमा स्वागत गरिएको छ ।

यसअघि सुवेदी प्रेस चौतारीको केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्षसमेत भएका थिए । तत्कालीन अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले२०७७ पुस ५ गते संसद् विघटन गरेका बेला सुवेदी विद्रोही समूहतिर थिए । त्यसबेला उनले नेकपाको प्रेस संगठनमा पुष्पकमल दाहाल प्रचण्ड-माधमव नेपाल समूहको नेतृत्व गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी