७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपाका नेताहरूलाई मुकुलको सुझाव: रवि दाइ आफ्नो लडाइँ आफैँ लड्नुहुन्छ, तपाईँहरू जनताको काम गर्नुस्

६ माघ २०८१, आईतवार १२:४८

काठमाडौँ | रास्वपाका पूर्व महामन्त्री डा मुकुल ढकालले पार्टीका नेताहरूलाई जनताको काममा फर्कन आग्रह गरेका छन् ।

उनले सभापति रवि लामिछाने आफ्नो अदालती लडाइँ आफैँ लड्न सक्षम रहेको बताउँदै अन्य नेताहरूलाई जनताको मुद्दा उठाउन आग्रह गरेका हुन् ।

उनले पार्टी सभापति अदालती प्रक्रियामा व्यस्त रहँदा पार्टीले आफ्नो नियमित काम बिर्सिएको जस्तो आभास भइरहेको बताएका छन् । उनले सरकारले संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेकाले जनताको काममा हामी फर्कन आग्रह गरेका हुन् ।

सामाजिक सञ्जालमा लामो स्टाटस पोस्ट गर्दै उनले राजनीतिक कारण पार्टीको आधिकारिक च्यानलबाट सुझाव दिन नसकेको उल्लेख गरेका छन् ।

यस्तो छ मुकुलले दिएको सुझाव

प्रिय रास्वपा सदस्यहरू,

पार्टी सभापति अदालती प्रक्रियामा व्यस्त रहँदा पार्टीले आफ्नो नियमित काम बिर्सिएको जस्तो आभास भइरहेको छ । सरकारले संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेको छ । त्यसैले कुनै पनि बहाना नबनाई जनताको काममा हामी फर्कनै पर्छ ।

म तपाईंहरू सबैलाई आग्रह गर्न चाहन्छु—आ–आफ्नो तह र समितिमा छलफल गर्न बैठक बोलाउनुहोस् । तपाईँको क्षेत्रका जनताको मुद्दाहरूलाई उठाउने विषयमा स्थानीय बुद्धिजीवी र जनतालाई पनि समेटेर छलफल गर्नुहोस् । त्यसपछि तयार पारिएका मुद्दाहरूलाई माथिल्लो निकाय हुँदै केन्द्रीय कार्यालयमा पठाउनुहोस् ।

केन्द्रीय कार्यालयले ती मुद्दाहरूलाई संसदीय दलमार्फत छलफल गरी संसदमा उठाउने सिस्टम पहिल्यै बनाइएको थियो । यो सिस्टमलाई पुनः जाग्रित गर्नुहोस् र संसदमा जनताको आवाज पु¥याउन आजैबाट पहल थाल्नुहोस् ।

राजनीतिक परिस्थितिका कारण यो आग्रह पार्टीको औपचारिक च्यानलमार्फत राख्न सकिनँ । अहिले इगोमा बसेर केही हुँदैन । देश र जनताको मुद्दामा पार्टी कसरी अघि बढ्नुपर्छ भनेर विचार मात्र राखेको छु । के उचित के अनुचित भनेर नसोची, कृपया यो विषयलाई गम्भीरतापूर्वक लिनुहोस् ।

रवि दाइ आफ्नो अदालती लडाइँ आफैँ लड्न सक्षम हुनुहुन्छ । यति बेला, हाम्रो कर्तव्य भनेको पार्टीलाई जीवन्त राख्दै जनताको मुद्दा उठाउनु हो । यो जिम्मेवारी हामीले कुनै हालतमा बिर्सनु हुँदैन ।आशा छ, तपाईंहरूले मेरो यो आग्रहलाई सकारात्मक रूपमा लिँदै जनताको पक्षमा आवश्यक कदम चाल्नुहुनेछ ।
धन्यवाद ।
डा. मुकुल ढकाल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी