२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अधिवक्ता त्रिपाठीमाथि कुटपिट: पक्राउ परिन् झापाकी सीतादेवी राई

२०८१, ७ माघ सोमबार १३:३२

काठमाडौँ | वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि यही माघ २ गते दिउँसो काठमाडौंको बबरमहलस्थित जिल्ला अदालतअगाडि भएको कुटपिट प्रकरणमा झापाकी एक महिला पक्राउ परेकी छन् ।

माघ २ गते पौने ४ बजेको समयमा काठमाडौं जिल्ला अदालतको दक्षिण गेट बाहिर वरिष्ठ त्रिपाठीमाथि भएको कुटपिटमा संलग्न भएर फरारहरूको खोजीका क्रममा प्रहरीले झापाको बुद्ध शान्ति गाउँपालिका- ४ घर भई हाल काठमाडौंको शान्तिनगर शान्तिनगर बस्ने ५५ वर्षीया शीतल राई भन्ने सीतादेवी राई पक्राउ परेकी हुन् ।

उनलाई सोमबार नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यस प्रकरणमा यसअघि प्रहरीले दोलखाको तामाकोशी गाउँपालिका-१ स्थायी ठेगाना भई ललितपुरको महालक्ष्मी नगरपलिका-५ टीकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसीलाई पक्राउ गरिसकेको छ ।

त्यसैगरी हुम्लाको अदानचुली गाउँपालिका-४ घर भई हाल काठमाडौंको सूर्यदर्शन हाइटमा बसोबास गर्ने महानन्द जैसी पनि यस प्रकरणमा पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर