२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अधिवक्ता त्रिपाठीमाथि कुटपिट: पक्राउ परिन् झापाकी सीतादेवी राई

७ माघ २०८१, सोमबार १३:३२

काठमाडौँ | वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि यही माघ २ गते दिउँसो काठमाडौंको बबरमहलस्थित जिल्ला अदालतअगाडि भएको कुटपिट प्रकरणमा झापाकी एक महिला पक्राउ परेकी छन् ।

माघ २ गते पौने ४ बजेको समयमा काठमाडौं जिल्ला अदालतको दक्षिण गेट बाहिर वरिष्ठ त्रिपाठीमाथि भएको कुटपिटमा संलग्न भएर फरारहरूको खोजीका क्रममा प्रहरीले झापाको बुद्ध शान्ति गाउँपालिका- ४ घर भई हाल काठमाडौंको शान्तिनगर शान्तिनगर बस्ने ५५ वर्षीया शीतल राई भन्ने सीतादेवी राई पक्राउ परेकी हुन् ।

उनलाई सोमबार नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यस प्रकरणमा यसअघि प्रहरीले दोलखाको तामाकोशी गाउँपालिका-१ स्थायी ठेगाना भई ललितपुरको महालक्ष्मी नगरपलिका-५ टीकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसीलाई पक्राउ गरिसकेको छ ।

त्यसैगरी हुम्लाको अदानचुली गाउँपालिका-४ घर भई हाल काठमाडौंको सूर्यदर्शन हाइटमा बसोबास गर्ने महानन्द जैसी पनि यस प्रकरणमा पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने