२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

तत्कालीन गाविस सचिव अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८१, ७ माघ सोमबार १४:४५

काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको साविक आदर्श गाविसका तत्कालीन सचिव आस महमद अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अन्सारीले सार्वजनिक सम्पत्ति हानिनोक्सानी तथा सरकारी कागजात नोक्सान गरी भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । आज (सोमबार) अख्तियारले अन्सारीविरुद्ध विशेष अदालतमा अभियोग पत्र दायर गरेको हो ।

तत्कालीन सचिव अन्सारीले साविक आदर्श गाविस भवानीपुर जीतपुर बारा (हाल जीतपुरसिमरा उपमहानगरपालिका) को स्वामित्वमा रहेको गुदरी बजार र मिना बजारका सटरहरु उपभोक्तालाई भाडामा लगाउँदा पारदर्शी विधि नअपनाइको र विभिन्न आर्थिक वर्षमा गाविसमा विनियोजन भएको रकम हिनामिना गरी अनियमितता गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

तत्कालीन गाविस सचिव अन्सारीले सटरहरु उपलब्ध गराउँदा लिएको धरौटीवापतको रकमसँग सम्बन्धित कागजातहरु लुकाई बरबुझारथसमेत नगरेको र १२१ जना उपभोक्ताहरुबाट आ.ब. २०६४÷६५ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएबमोजिमको धरौटी वापतको ३८ लाख ३० हजार ५ सयधरौटी खातामा जम्मा गर्नुपर्नेमा सो नगरी वद्‍नियत राखी दुरुपयोग गरेको पाइएको अख्तियारको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर