७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वर्णलक्ष्मी सहकारी ठगीमा पूर्व डीआईजी जोशीलाई ५० लाख धरौटीमा छाड्ने आदेश

७ माघ २०८१, सोमबार १५:४९

काठमाडौँ | काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । सोमबार जिल्ला न्यायाधीश ठाकुर खरेलको इजलासले जोशीसँग धरौटी मागेको हो ।

जोशीमाथि ५ करोड ७८ लाख ९६ हजार चार सय ८० रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो।

जोशीको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, शतिशकृष्ण खरेल, अधिवक्ताहरू अपूर्वक खतिवडा, रोचक रेग्मीले बहस गरेका थिए । जाहेरवालाहरूको तर्फबाट ५ जना सरकारी वकिल, वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठीले बहस गरेका थिए ।

सो सहकारी ठगी प्रकरणमा यसअघि रास्वपाका सभापति रवि लामिछाने ६० लाख धरौटीमा रिहा भएका थिए । यसअघि जोशी पोखराको सूर्यदर्शन सहकारी ठगीमा ८८ लाख धरौटी तिरेर निस्किएका थिए । अब रवि र सविविरुद्ध बुटवलको सुप्रिम सहकारीसहित चितवनको सहारा चितवन र पर्साको हाम्रो सानोपाईला सहकारीको मुद्दा बाँकी छ । बुटवलमा मुद्दा दायर भइसकेको छ भने दुई ठाउँमा अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी