२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने पाण्डे रविविरुद्ध चुनाव लडेर रविकै समर्थक

७ माघ २०८१, सोमबार १८:०५

काठमाडौँ | वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले हुम्लाको अदानचुली गाउँपालिका–४ निवासी ३२ वर्षीय महेन्द्र पाण्डे उर्फ महानन्द जैसीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनी आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हुम्ला जिल्ला उपसभापति दाबी गरिरहेका छन् । तर, रास्वपा स्रोतका अनुसार पाण्डे हुम्ला जिल्लाका आधिकारिक उपसभापति होइनन् ।

रास्वपाका आधिकारिक हुम्ला उपसभापति लक्ष्मण ऐरीका अनुसार, पार्टीले औपचारिक रूपमा संगठन विस्तार नगर्दै, रास्वपा समर्थक युवाहरूको सक्रियतामा स्थानीय कमिटी गठन भएको थियो। त्यतिबेला पाण्डेलाई अस्थायी रूपमा उपसभापतिको जिम्मेवारी दिइएको थियो। तर, पछि रास्वपाले ऐरीलाई औपचारिक रूपमा उपसभापति घोषणा गरेपछि पनि पाण्डेले आफूलाई उपसभापति दाबी गर्न छाडेका छैनन्।

रास्वपाका एक स्रोतले पाण्डे पार्टीका सक्रिय सदस्य भए पनि अराजक स्वभावका कारण विवादास्पद बनेको बताएका छन्। “उहाँ रवि लामिछानेका कट्टर समर्थक हुनुहुन्छ। तर, पार्टीभित्र उहाँलाई धेरैले अराजक मान्छन्,” स्रोतले भने।

पाण्डेको राजनीतिक यात्रा पनि रोचक छ। १० वैशाख ०८० मा भएको उपचुनावमा पाण्डे ‘राष्ट्रिय जनमुक्ति पार्टी’बाट चितवन–२ मा रवि लामिछानेविरुद्ध चुनाव लडेका थिए। उनले घर चुनाव चिह्नबाट चुनाव लड्दै जम्मा १८ मत मात्रै ल्याएका थिए। उक्त पराजयपछि उनले रास्वपामा प्रवेश गरेका थिए।

राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष खड्कप्रसाद पालुङवाका अनुसार, उपचुनावको परिणामपछि पाण्डे जनमुक्ति पार्टी छोडेर रास्वपामा गएका हुन्। पालुङवाले भने, “उहाँले रवि लामिछानेको क्रेज देखेर पार्टी परिवर्तन गर्नुभएको हो।”

रास्वपामा प्रवेश गरेपछि पनि पाण्डे विभिन्न विवादमा मुछिएका छन्। उनले भ्रष्टाचारविरुद्ध अभियान चलाएको दाबी गरेका छन् भने माइतिघरमा धर्नामा समेत सहभागी भएका थिए।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिटको आरोपपछि पाण्डेले फेसबुकमा लामो पोस्ट लेख्दै कुटपिट गर्नु गलत भएको स्वीकारेका छन्। उनले लेखेका छन्, “लोकतन्त्रमा विरोध गर्न पाउने अधिकार छ। तर, विरोधका कारण भौतिक आक्रमण गर्नु उपयुक्त होइन।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने नेवार समुदायले मनाउँदै ‘यमरी पुन्ही’, लोप हुँदै मल्लकालीन परम्परा एनपिएलः पोखरा टस जितेर बलिङमा धोबी खोलामा साइकलसहित शव भेटियो