२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने पाण्डे रविविरुद्ध चुनाव लडेर रविकै समर्थक

२०८१, ७ माघ सोमबार १८:०५

काठमाडौँ | वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले हुम्लाको अदानचुली गाउँपालिका–४ निवासी ३२ वर्षीय महेन्द्र पाण्डे उर्फ महानन्द जैसीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनी आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हुम्ला जिल्ला उपसभापति दाबी गरिरहेका छन् । तर, रास्वपा स्रोतका अनुसार पाण्डे हुम्ला जिल्लाका आधिकारिक उपसभापति होइनन् ।

रास्वपाका आधिकारिक हुम्ला उपसभापति लक्ष्मण ऐरीका अनुसार, पार्टीले औपचारिक रूपमा संगठन विस्तार नगर्दै, रास्वपा समर्थक युवाहरूको सक्रियतामा स्थानीय कमिटी गठन भएको थियो। त्यतिबेला पाण्डेलाई अस्थायी रूपमा उपसभापतिको जिम्मेवारी दिइएको थियो। तर, पछि रास्वपाले ऐरीलाई औपचारिक रूपमा उपसभापति घोषणा गरेपछि पनि पाण्डेले आफूलाई उपसभापति दाबी गर्न छाडेका छैनन्।

रास्वपाका एक स्रोतले पाण्डे पार्टीका सक्रिय सदस्य भए पनि अराजक स्वभावका कारण विवादास्पद बनेको बताएका छन्। “उहाँ रवि लामिछानेका कट्टर समर्थक हुनुहुन्छ। तर, पार्टीभित्र उहाँलाई धेरैले अराजक मान्छन्,” स्रोतले भने।

पाण्डेको राजनीतिक यात्रा पनि रोचक छ। १० वैशाख ०८० मा भएको उपचुनावमा पाण्डे ‘राष्ट्रिय जनमुक्ति पार्टी’बाट चितवन–२ मा रवि लामिछानेविरुद्ध चुनाव लडेका थिए। उनले घर चुनाव चिह्नबाट चुनाव लड्दै जम्मा १८ मत मात्रै ल्याएका थिए। उक्त पराजयपछि उनले रास्वपामा प्रवेश गरेका थिए।

राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष खड्कप्रसाद पालुङवाका अनुसार, उपचुनावको परिणामपछि पाण्डे जनमुक्ति पार्टी छोडेर रास्वपामा गएका हुन्। पालुङवाले भने, “उहाँले रवि लामिछानेको क्रेज देखेर पार्टी परिवर्तन गर्नुभएको हो।”

रास्वपामा प्रवेश गरेपछि पनि पाण्डे विभिन्न विवादमा मुछिएका छन्। उनले भ्रष्टाचारविरुद्ध अभियान चलाएको दाबी गरेका छन् भने माइतिघरमा धर्नामा समेत सहभागी भएका थिए।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिटको आरोपपछि पाण्डेले फेसबुकमा लामो पोस्ट लेख्दै कुटपिट गर्नु गलत भएको स्वीकारेका छन्। उनले लेखेका छन्, “लोकतन्त्रमा विरोध गर्न पाउने अधिकार छ। तर, विरोधका कारण भौतिक आक्रमण गर्नु उपयुक्त होइन।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो