७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचित्र ‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित

९ माघ २०८१, बुधबार १२:४५

काठमाडौँ | एमटीभीको चर्चित भारतीय रियालिटी शो ‘स्प्लिट्स भिल्ला’ सिजन ५ बाट चिनिएकी दिकिला शेर्पा फिल्म ‘कुस्ती’ मा शेर्पा अनुबन्धित भएकी छन्। उनले फिल्मको निर्माण टिमसँग सम्झौता गर्दै वर्कशप ज्वाईन गरिसकेकी छन्। आउँदो फागुनको पहिलोसातादेखि छायाङ्कनमा जाने फिल्ममा उनको भूमिका महत्वपूर्ण हुने निर्देशक तथा लेखक अनिल योञ्जनले जानकारी दिए।

उनले भने,’हामीलाई एउटा फ्रेश अनुहार चाहिएको थियो । दिकिलालाई भूमिका सुहाउँदो भएपछि अफर गरेका हौँ, उहाँले सम्झौता गरेर वर्कशपमा हुनुहुन्छ। उहाँ निकै उत्साहित हुनुहुन्छ।’

दीकिलाले भारतबाट नेपाल आएर फिल्मको पात्रका लागि ‘स्क्रीन टेस्ट’ दिएर छनोट भएको निर्देशक योञ्जनले जानकारी दिए। डेब्यु गर्ल दिकिलाले वर्कशपले आफूमा छुटै उत्साह थपेको बताइन्।

उनले भनिन्,’यो मेरो पहिलो फिल्म भएकाले निकै उत्साहित छु। मलाई सुहाउँदो भूमिका, मैले मन पराउने सिनियर कलाकार, भद्र र सालिन टीमले मलाई अभिनेत्री बन्न प्रेरित गर्यो। म आफूले धेरै मेहनत गरेर सक्दो बेस्ट दिने कोसिश गर्ने छु। मैले पाएको मायालाई बढाउने काम फिल्ममा गर्ने छु।’

उनी धिरज मगर र मिरुना मगरको को–स्टार भएर सेट ज्वाईन गर्न अधैर्य छिन्। अनुषा सिनेमावुड पिक्चर्स प्रालीको व्यानरमा बन्ने फिल्म ‘कुस्ती’ मा छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथामा आधारित रहेको निर्देशक योञ्जनले बताए। यसमा धिरज मगर र मिरुना मगर पहिलोपटक स्क्रीन जोडी बनेर प्रस्तुत हुँदैछन्। फिल्मलाई काठमाडौँ रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, मोफसल एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ । चलचित्र २०८२ भदाैमा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी