२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचित्र ‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित

२०८१, ९ माघ बुधबार १२:४५

काठमाडौँ | एमटीभीको चर्चित भारतीय रियालिटी शो ‘स्प्लिट्स भिल्ला’ सिजन ५ बाट चिनिएकी दिकिला शेर्पा फिल्म ‘कुस्ती’ मा शेर्पा अनुबन्धित भएकी छन्। उनले फिल्मको निर्माण टिमसँग सम्झौता गर्दै वर्कशप ज्वाईन गरिसकेकी छन्। आउँदो फागुनको पहिलोसातादेखि छायाङ्कनमा जाने फिल्ममा उनको भूमिका महत्वपूर्ण हुने निर्देशक तथा लेखक अनिल योञ्जनले जानकारी दिए।

उनले भने,’हामीलाई एउटा फ्रेश अनुहार चाहिएको थियो । दिकिलालाई भूमिका सुहाउँदो भएपछि अफर गरेका हौँ, उहाँले सम्झौता गरेर वर्कशपमा हुनुहुन्छ। उहाँ निकै उत्साहित हुनुहुन्छ।’

दीकिलाले भारतबाट नेपाल आएर फिल्मको पात्रका लागि ‘स्क्रीन टेस्ट’ दिएर छनोट भएको निर्देशक योञ्जनले जानकारी दिए। डेब्यु गर्ल दिकिलाले वर्कशपले आफूमा छुटै उत्साह थपेको बताइन्।

उनले भनिन्,’यो मेरो पहिलो फिल्म भएकाले निकै उत्साहित छु। मलाई सुहाउँदो भूमिका, मैले मन पराउने सिनियर कलाकार, भद्र र सालिन टीमले मलाई अभिनेत्री बन्न प्रेरित गर्यो। म आफूले धेरै मेहनत गरेर सक्दो बेस्ट दिने कोसिश गर्ने छु। मैले पाएको मायालाई बढाउने काम फिल्ममा गर्ने छु।’

उनी धिरज मगर र मिरुना मगरको को–स्टार भएर सेट ज्वाईन गर्न अधैर्य छिन्। अनुषा सिनेमावुड पिक्चर्स प्रालीको व्यानरमा बन्ने फिल्म ‘कुस्ती’ मा छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथामा आधारित रहेको निर्देशक योञ्जनले बताए। यसमा धिरज मगर र मिरुना मगर पहिलोपटक स्क्रीन जोडी बनेर प्रस्तुत हुँदैछन्। फिल्मलाई काठमाडौँ रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, मोफसल एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ । चलचित्र २०८२ भदाैमा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर