७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महानगरले दिएन चिनियाँ दूतावासलाई ठमेलमा ‘स्प्रिङ फेस्टिबल’ गर्ने अनुमति

१० माघ २०८१, बिहीबार १५:५२

काठमाडौँ | काठमाडौं महानगरपालिकाले ठमेलमा ‘स्प्रिङ फेस्टिबल’ गर्न चिनियाँ दूतावासलाई अनुमति नदिने भएको छ।

नेपालका लागि चिनियाँ दूतावासका डेप्युटी चिफ अफ मिसन वाङ सिनले ‘स्प्रिङ फेस्टिबल’ गर्न जनवरी २६ देखि फेब्रुअरी २५ सम्मको अनुमति माग गर्दै महानगरमा पत्र पठाएका थिए।

महानगरले उक्त पत्रमा जबाफ पठाउँदै ठमेलमा कार्यक्रमका लागि अनुमति दिन अस्वीकार गरेको छ।

मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहका अनुसार महानगरले दूतावासलाई बुधबार जबाफ पठाउँदै ठमेलमा कार्यक्रम गर्न अनुमति दिन नसकिने उल्लेख गरेको हो।

ट्राफिक व्यवस्थापनमा चुनौति रहने भन्दै महानगरले दूतावासलाई अनुमति नदिएको हो।

‘ठमेलमा ट्राफिक व्यवस्थापन गर्न कठिन हुने हुँदा चक्रपथ क्षेत्रको कलंकीदेखि महाराजगञ्जसम्म कार्यक्रम गरे सहजीकरण गर्न सक्छौं भनिएको छ,’ उनले भने।

मेयर बालेन शाहले चक्रपथ क्षेत्रको सडक विस्तारमा चिनियाँ कम्पनीले ढिलासुस्ती गर्दा स्थानीयले सास्ती खेप्नु परेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी