२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुप्रिम सहकारी ठगी प्रकरण : रविविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

२०८१, ११ माघ शुक्रबार ११:३१

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दाको थुनछेक बहस आज पनि हुने भएको छ। बिहीबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।

थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा राखेर शुक्रबार बिहान साढे १० बजे हाजिर हुने गरी लामिछानेलाई परिवार र कानुन व्यवसायीको जिम्माजमानीमा पठाइएको थियो। बुधबार अदालतमा हाजिर भएका लामिछानेको बयान सकिएपछि परिवार र कानुन व्यवसायीको जिम्माजमानी छाडिएको थियो।

थुनछेक बहस सुरु हुनु अघिनै सरकारी वकिल,जाहेरवालाका अधिवक्ताले अभियुक्तलाई प्रहरी हिरासतमा पठाउनुपर्नेमा परिवार र कानुन व्यवसायीको जिम्माजमानीमा लगाउनु अहिलेसम्म नभएको अभ्यास गरिएको भन्दै इजलासमा प्रतिवाद गरेका थिए। सुनुवाइका क्रममा थुनछेक बहस चलिरहँदा लामिछानेलाई हिरासत पठाउनुपर्नेमा बाहिरै रहने गरी श्रीमतीको जिम्मा लगाएपछि सरकार पक्षले प्रश्न उठाएको हो।

बहसमा वादीका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेल, सहायक जिल्ला न्यायाधिवक्ता बसन्तराज पोखरेल, गोकर्णराज घिमिरे, सुनिल लामिछाने, पवित्र भण्डारी, सोमकान्त भण्डारी, उप न्यायाधिवक्ता रवि न्यौपाने, प्रकाश मरासिनीले बहस गरेका थिए।

त्यस्तै जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए। शुक्रबार जाहेरावाला र प्रतिवादीको तर्फबाट बहस हुनेछ।

मुद्दामा जिल्ला न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा थुनछेक बहस जारी छ। दुवै तर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि पुर्पक्षाका लागि थुनामा पठाउने , धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्ने भन्ने आदेश आउनेछ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा लामिछाने,पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध ठगी,केहीविरुद्ध संगठित ठगी र सम्पत्ति शुद्धिकरणमा मुद्दा दर्ता भएको छ।

यसअघि सहकारी ठगी प्रकरणमा लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो