७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हर्क साम्पाङमाथि खानेपानीमन्त्रीको टिप्पणी- ड्रामा होइन, काम गर्नुस्

११ माघ २०८१, शुक्रबार १४:१४

काठमाडौँ | खानेपानीमन्त्री प्रदीप यादवले ड्रामा गरेर धरानमा खानेपानीको समस्या समाधान नहुने बताएका छन् ।

मन्त्रिपरिषद्बाट स्वीकृत भएको खानेपानी तथा सरसफाइ नियमावली, २०८१ को बारेमा जानकारी गराउन शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले धरान उपमहानगरका मेयर हर्क सम्पाङले खानेपानीका विषयमा ड्रामा गरेको भन्दै ड्रामा गर्नुभन्दा काम गर्न समेत सुझाव दिए ।

धरानका जनतालाई आफैँ पानी खुवाउँछु भन्दै मेयर सम्पाङले बहादुरी देखाएर खानेपानी संस्थानलाई ध्वस्त पार्ने काम गरेको यादवको टिप्पणी थियो । मन्त्री यादवले धरानको जनतालाई पानी दिने दायित्व सरकारको भएकाले सहजरूपमा पानी उपलव्ध गराउन संघ सरकारले काम अघि बढाउने उल्लेख गरे ।

खानेपानीसम्बन्धी नियमावली राजपत्रमा प्रकाशित भइसकेको भन्दै अब खानेपानी तथा सरसफाइ आयोजना कार्यान्वयनमा सहज हुने उनले बताए ।

खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोग गठन गर्ने व्यवस्था गरेकोमा यस नियमावलीले आयोगको काम तथा जिम्मेवारीलाई थप प्रष्ट पारेको मन्त्री यादवले बताए ।

त्यस्तै दुई हजारभन्दा बढी धारा भएका खानेपानी सेवा प्रदायकले कूल महशुलको १ प्रतिशत रकम नेपाल सरकारको राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।

त्यस्तै नियमावलीमा औधोगिक तथा व्यापारिक क्षेत्रबाट उत्सर्जित फोहोर पानी सरकारले तोकेको मापदण्ड पालना हुने गरी प्रशोधन गरेर मात्रै ढल निकास प्रणालीमा जोड्नु पर्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी