२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हर्क साम्पाङमाथि खानेपानीमन्त्रीको टिप्पणी- ड्रामा होइन, काम गर्नुस्

२०८१, ११ माघ शुक्रबार १४:१४

काठमाडौँ | खानेपानीमन्त्री प्रदीप यादवले ड्रामा गरेर धरानमा खानेपानीको समस्या समाधान नहुने बताएका छन् ।

मन्त्रिपरिषद्बाट स्वीकृत भएको खानेपानी तथा सरसफाइ नियमावली, २०८१ को बारेमा जानकारी गराउन शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले धरान उपमहानगरका मेयर हर्क सम्पाङले खानेपानीका विषयमा ड्रामा गरेको भन्दै ड्रामा गर्नुभन्दा काम गर्न समेत सुझाव दिए ।

धरानका जनतालाई आफैँ पानी खुवाउँछु भन्दै मेयर सम्पाङले बहादुरी देखाएर खानेपानी संस्थानलाई ध्वस्त पार्ने काम गरेको यादवको टिप्पणी थियो । मन्त्री यादवले धरानको जनतालाई पानी दिने दायित्व सरकारको भएकाले सहजरूपमा पानी उपलव्ध गराउन संघ सरकारले काम अघि बढाउने उल्लेख गरे ।

खानेपानीसम्बन्धी नियमावली राजपत्रमा प्रकाशित भइसकेको भन्दै अब खानेपानी तथा सरसफाइ आयोजना कार्यान्वयनमा सहज हुने उनले बताए ।

खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोग गठन गर्ने व्यवस्था गरेकोमा यस नियमावलीले आयोगको काम तथा जिम्मेवारीलाई थप प्रष्ट पारेको मन्त्री यादवले बताए ।

त्यस्तै दुई हजारभन्दा बढी धारा भएका खानेपानी सेवा प्रदायकले कूल महशुलको १ प्रतिशत रकम नेपाल सरकारको राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।

त्यस्तै नियमावलीमा औधोगिक तथा व्यापारिक क्षेत्रबाट उत्सर्जित फोहोर पानी सरकारले तोकेको मापदण्ड पालना हुने गरी प्रशोधन गरेर मात्रै ढल निकास प्रणालीमा जोड्नु पर्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ