७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले र रास्वपालक्षित एनपी साउदको टिप्पणी : हारेकाहरुले हो मिसन ८४ को भ्रम फैलाउने

११ माघ २०८१, शुक्रबार १७:३८

काठमाडौँ | नेपाली कांग्रेसका प्रभावशाली ने तथा पूर्व परराष्ट्रमन्त्री एनपी साउदले हारेकाहरुले मिसन ८४ को भ्रम फैलाएको भन्दै एमाले र रास्वपालक्षित कडा टिप्पणी गरेका छन् । उनले कांग्रेसलाई त जनताले ०७९ को निर्वाचनमा नै ठूलो दल बनाएको बताए । उनले अब कांग्रेससँग मिसन ८४ को नारा लगाउने छुट नभएको पनि सम्झाए ।

आफ्नो गृहजिल्ला कञ्चनपुर पुगेका नेता साउदले कांग्रेसले अब देश र जनताको हितमा काम गरेर देखाउनुपर्ने धारणा राखे । उनको भनाई थियो,‘कांग्रेसलाई मिसन ०८४ भन्ने छुट छैन। हामी देशको ठूलो पार्टी भएकाले ०८४ कुर्नुपर्ने काम छैन । हारेकाहरुले हो, मिसन ०८४ भनेर जनतालाई भ्रमित बनाउने ।’

पछिल्लो समय नेता साउद वर्तमान सरकारको कामकारबाहीबाट असन्तुष्ट छन् । उनले बीआरआई फ्रेमवर्क सम्झौताको पनि खुलेर आलोचना गरेका थिए । उनले बीआरआई फ्रेमवर्क सम्झौताले ऋणको बाटो खोलेको भन्दै यसको गम्भीर समिक्षा हुनुपर्ने पार्टीभित्र माग गरेका छन् । यस्तै, अध्यादेशबाट शासन गर्नुपनि गलत भएको भन्दै उनले खरो रुपमा आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी