८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ओली सरकारले राम्रो काम गरेको देख्न नसक्नेहरु फेरि सलबलाएका छन् : महासचिव पोखरेल

१२ माघ २०८१, शनिबार १५:४०

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई निराशाको खाडलबाट बाहिर निकाल्ने प्रयत्न गरिरहँदा राम्रो भएको देख्न नचाहनेहरु प्रशस्तै रहेको बताएका छन् ।

शनिबार राष्ट्रिय कार्यकर्ता भेला २०८१ मा बोल्दै महासचिव पोखरेलले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकार चलाएर राम्रो काम गरिरहेको समयमा राम्रो भएको देख्न नचाहने, सधैंभरी अस्थिरतामा रमाउन खोज्नेहरुको कमी नभएको बताएका हुन् ।

पोखरेलले भने, ‘जतिबेला मुलुक निराशाको खाडलबाट बाहिर निकाल्ने प्रयत्न गरिरहेको छ । मुलुकलाई आर्थिक संकटबाट बाहिर निकाल्ने जमर्को भइरहेको छ र नेपालका उद्योगी व्यवसायीहरु अब नेपालमा नै केही हुन्छ की भनेर आशा प्रकट गरिरहेको अवस्था छ । यही सन्दर्भलाई ध्यानमा राखेर पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका राम्रो काम देख्न नचाहने सधैंभरी अस्थिरतामा रमाउन खोज्ने, नेपाललाई अस्थिरताको दलदलमा फसाइरहन चाहने प्रवृत्तिका व्यक्तिहरु फेरि एकपटक सलबलाएर एमाले र त्यसको नेतृत्व विरुद्धमा चौतर्फी घेराबन्दी एवम आक्रमण गरिरहेका छन् ।’

उनले एमालेको नेतृत्वमा सरकारले जनतामा आशा जगाएको बताए । उनले सरकारले जनतामा आशा संञ्चारित गरेको र विकास र निर्माणका कामहरुले तिव्रता पाइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी