७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नक्कली भुटानी शरणार्थी प्रकरण: सचिव पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चमा निवेदन

१३ माघ २०८१, आईतवार १७:२९

काठमाडौँ | नक्कली भुटानस् शरणार्थी प्रकरणमा मुछिएका सरकारका सचिव टेकनारायण पाण्डेलाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै थुनामुक्त गर्न मागसहित सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । सचिव पाण्डेकी श्रीमती मञ्जु पाण्डेले शुक्रबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी हुन् ।

आफ्ना श्रीमानलाई गैरकानूनी रूपमा थुनामा राखेको भन्दै उनले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, जिल्ला अदालत काठमाडौं, महान्यायाधिवक्ताको कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय र सर्वोच्च अदालतलाई समेत विपक्षी बनाएर उनले निवेदन दर्ता गरेको सर्वोच्चले जनाएको छ ।

शुक्रबार दर्ता भएको निवेदनमाथि आइतबार प्रारम्भिक सुनुवाइ हुनुपर्ने कार्यसूची रहे पनि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले हेर्न नभ्याउने भएपछि मुद्दा स्थगित भएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले बताए ।

उनका अनुसार उक्त निवेदनको पेशी भोलिका लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी