२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले ल्याएको अध्यादेश प्रतिगमनतिरको यात्रा भएको प्रचण्डको आरोप

१५ माघ २०८१, मंगलवार १७:५३

काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गएको छ महिनामा गरेको क्रियाकलाप हेर्दा सरकार गलत उद्देश्यले र अप्राकृतिक रूपले बनेको पुष्टि भएको बताएका छन् ।

मङ्गलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा, नेपालको राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार विचार सभालाई सम्भोधन गर्र्दै उनले सरकार भ्रष्टाचारीहरुको रक्षाका निम्ति र सामाजिक अन्याय कायम गर्ने उद्देश्यद्वारा गठन भएको बताएका हुन् ।

उनले भने, “अहिले सरकारमा गएकाहरू कुनै देशको निम्ति सकारात्मक काम गर्ने उद्देश्यले होइन् । उनीहरू भ्रष्टाचारीहरुको रक्षा गर्नका निमित्त संविधानमा भएका प्रगतिशिल तत्वहरुलाई हटाउन र त्यसलाई प्रतिगामी स्वरुप दिने उद्देश्यद्वारा र सामाजिक न्याय कायम गर्न होइन अन्याय कायम गर्ने उद्देश्यद्वारा यो सरकार गठन भएको छ । र सरकारले आफैँ प्रतिवद्धता गरेको मान्यता विपरीत पनि गठन छ । त्यसैले सरकार, अप्राकृतिक, अलोकतान्त्रि छ र सरकार आफैंमा गलत उद्देश्यले बनेको छ । गएको छ महिनामा सरकारले गरेको क्रियाकलापले त्यो देखाइरहेको पनि छ ।”

अध्यक्ष प्रचण्डले सरकारले अध्यादेश पनि बढो अलोकतान्त्रि र निरङकुश तरिकाले ल्याएको आरोप लगाए । अध्यादेश प्रतिगमनतिरको यात्राको पाईलाहरु नै हो भन्ने महशुस भएपछि तत्काल अधिवेशनको आव्हन गरेको उनले जानकारी दिए ।

त्यस्तै उनले, विगतको लामो अनुभवबाट निर्मित संविधानमा भएका सकारात्मक परिवर्तनहरु उल्ट्याउने जमर्को भइरहेको उनको भनाइ छ । कहिले पटक–पटक संविधान मिचेर प्रतिनिधि सभा विगठन गर्ने नाममा त कहिले संविधान संशोधनको नाममा यो जनताको अधिकारहरू खोस्ने जर्मको भइरहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने