२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राधिकाको नाममा स्विट्जरल्याण्डको बैंकमा ४१ करोड डलर छ भन्ने सुन्दा मजा लाग्छ: ओली

२०८१, १६ माघ बुधबार १३:१८

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमती राधिका शाक्यको नाममा स्वीट्जरल्याण्डको बैंकमा ४१ करोड डलर छ भन्ने भ्रमपूर्ण प्रचार सुन्दा मजा लाग्ने जनाएका छन्।

बुधबारबाट काठमाडौंमा सुरु भएको प्रथम युवा कानुन व्यवसायी सम्मेलनको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्।

उनले यस्ता भ्रमपूर्ण कुराले सुरुमा आफूलाई रिस उठ्ने भएपनि अब चै यसलाई मजाको रुपमा लिने गरेको बताएका छन्। ‘हुनतः हिजो बिहान यसो फेसबुक खोलेर हेरेको हिन्दीमा एक जना भनिरहेको रहेछ, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पत्नी राधिका शाक्यको नाममा स्विट्जरल्याण्डको बैंकमा ४१ करोड डलर छ,’ उनी थप्छन्,’सुन्दा रिस उठ्नुपर्ने अब त रिस उठ्न पनि छोड्यो। मजा लाग्छ। यस्तो भन्नेहरु त धर्तीमा एकै खालका मान्छेहरु हुँदो रहेनछ क्या।’

उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताउँदै भ्रष्टाचार आफूले पनि नगर्ने र अरुलाई पनि गर्न नदिने दाबी गरे। ‘भ्रष्टाचार नियन्त्रण गर्नै पर्दछ। अहिलेको वर्तमान सरकार जसको नेतृत्व मैले गरिरहेको छु। यस सरकारले म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न भनेको छ। थाहा पाएसम्म, जाने बुझेसम्म। कहाँ कहाँ भएको छ कहाँ कहाँ भएको छ। मुसाले कहाँ कहाँ प्वाल पार्छ थाहा पाए त हो। त्यसकारण थाहा पाएसम्म भ्रष्टाचार हुन दिन्न। भए नियन्त्रण गर्दछु । यो स्टन्टबाजी होइन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ