७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राधिकाको नाममा स्विट्जरल्याण्डको बैंकमा ४१ करोड डलर छ भन्ने सुन्दा मजा लाग्छ: ओली

१६ माघ २०८१, बुधबार १३:१८

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमती राधिका शाक्यको नाममा स्वीट्जरल्याण्डको बैंकमा ४१ करोड डलर छ भन्ने भ्रमपूर्ण प्रचार सुन्दा मजा लाग्ने जनाएका छन्।

बुधबारबाट काठमाडौंमा सुरु भएको प्रथम युवा कानुन व्यवसायी सम्मेलनको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्।

उनले यस्ता भ्रमपूर्ण कुराले सुरुमा आफूलाई रिस उठ्ने भएपनि अब चै यसलाई मजाको रुपमा लिने गरेको बताएका छन्। ‘हुनतः हिजो बिहान यसो फेसबुक खोलेर हेरेको हिन्दीमा एक जना भनिरहेको रहेछ, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पत्नी राधिका शाक्यको नाममा स्विट्जरल्याण्डको बैंकमा ४१ करोड डलर छ,’ उनी थप्छन्,’सुन्दा रिस उठ्नुपर्ने अब त रिस उठ्न पनि छोड्यो। मजा लाग्छ। यस्तो भन्नेहरु त धर्तीमा एकै खालका मान्छेहरु हुँदो रहेनछ क्या।’

उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताउँदै भ्रष्टाचार आफूले पनि नगर्ने र अरुलाई पनि गर्न नदिने दाबी गरे। ‘भ्रष्टाचार नियन्त्रण गर्नै पर्दछ। अहिलेको वर्तमान सरकार जसको नेतृत्व मैले गरिरहेको छु। यस सरकारले म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न भनेको छ। थाहा पाएसम्म, जाने बुझेसम्म। कहाँ कहाँ भएको छ कहाँ कहाँ भएको छ। मुसाले कहाँ कहाँ प्वाल पार्छ थाहा पाए त हो। त्यसकारण थाहा पाएसम्म भ्रष्टाचार हुन दिन्न। भए नियन्त्रण गर्दछु । यो स्टन्टबाजी होइन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी