लोकेन्द्र प्रशाद जोशी/साउन ५, दार्चुला । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सरकारले स्थानीय तह निर्वाचनमा राज्यशक्तीको चरम दुरुपयोग गरे पनि राष्ट्रिय स्वाभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/साउन ५, दार्चुला । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सरकारले स्थानीय तह निर्वाचनमा राज्यशक्तीको चरम दुरुपयोग गरे पनि राष्ट्रिय स्वाभ"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनताले एमालेको स्वाभिमानी एजेण्डा मन पराए: सचिब ज्ञवाली

२०७४, ५ श्रावण बिहीबार १५:३४


लोकेन्द्र प्रशाद जोशी/साउन ५, दार्चुला । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सरकारले स्थानीय तह निर्वाचनमा राज्यशक्तीको चरम दुरुपयोग गरे पनि राष्ट्रिय स्वाभिमानको एजेन्डाका कारण जनताले एमालेलाई जिताएको दाबी गर्नुभएको छ ।

एमाले प्रचार विभाग र प्रेस चौतारी दार्चुलाले संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेता ज्ञवालीले वर्तमान सरकारले आर्थिकदेखी सुरक्षा निकायसम्मको दुरुपयोग गर्न खोजेको आरोप लगाउनुभयो ।

नेता ज्ञवालीले वर्तमान स्थानीय तह निर्वाचन राष्ट्रिय स्वाभिमान र लम्पसारबाद बिचको जनमतसंग्रह जस्तै भएको टिप्पणी गर्नुभयो । बिश्वभरीकै राजनीतिक परिपाटी सत्तापक्ष विरुद्ध अरू राजनीतिक शक्तिहरू मिल्ने भए पनि प्रतिपक्षका विरुद्ध सबै राजनीतिक शक्ति लडेको ज्ञवालीको भनाइ छ ।


दार्चुलामा एमालेको पक्षमा बहुमत आँउने अपेक्षा गरे पनि अपेक्षीत परिणाम नआएको ज्ञवालिको भनाइ छ । उहाँले एमाले दार्चुलाले तत्काल गम्भीरतापुर्बक पराजयको समीक्षा गरेर रिपोर्ट तयार गर्न निर्देशन दिनु भएको छ ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एब. सासंद गणेश सिह ठगुन्नाले आवश्यकताभन्दा बढी आत्मबिश्वास, पार्टी सङ्गठनको निस्कृयता र गरेका कामको सही प्रचार हुन नसक्दा दार्चुलामा एमालेले बहुमत गुमाएको बताउनुभएको छ । कार्यक्रममा एमाले जिल्ला कमिटि अध्यक्ष रामदत्त जोशीले आन्तरीक र बाह्य दुबै कारणले निर्बाचनमा हार भएको रिपोर्टीङ गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी