लोकेन्द्र प्रशाद जोशी/साउन ५, दार्चुला । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सरकारले स्थानीय तह निर्वाचनमा राज्यशक्तीको चरम दुरुपयोग गरे पनि राष्ट्रिय स्वाभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/साउन ५, दार्चुला । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सरकारले स्थानीय तह निर्वाचनमा राज्यशक्तीको चरम दुरुपयोग गरे पनि राष्ट्रिय स्वाभ"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनताले एमालेको स्वाभिमानी एजेण्डा मन पराए: सचिब ज्ञवाली

५ श्रावण २०७४, बिहीबार १५:३४


लोकेन्द्र प्रशाद जोशी/साउन ५, दार्चुला । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सरकारले स्थानीय तह निर्वाचनमा राज्यशक्तीको चरम दुरुपयोग गरे पनि राष्ट्रिय स्वाभिमानको एजेन्डाका कारण जनताले एमालेलाई जिताएको दाबी गर्नुभएको छ ।

एमाले प्रचार विभाग र प्रेस चौतारी दार्चुलाले संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेता ज्ञवालीले वर्तमान सरकारले आर्थिकदेखी सुरक्षा निकायसम्मको दुरुपयोग गर्न खोजेको आरोप लगाउनुभयो ।

नेता ज्ञवालीले वर्तमान स्थानीय तह निर्वाचन राष्ट्रिय स्वाभिमान र लम्पसारबाद बिचको जनमतसंग्रह जस्तै भएको टिप्पणी गर्नुभयो । बिश्वभरीकै राजनीतिक परिपाटी सत्तापक्ष विरुद्ध अरू राजनीतिक शक्तिहरू मिल्ने भए पनि प्रतिपक्षका विरुद्ध सबै राजनीतिक शक्ति लडेको ज्ञवालीको भनाइ छ ।


दार्चुलामा एमालेको पक्षमा बहुमत आँउने अपेक्षा गरे पनि अपेक्षीत परिणाम नआएको ज्ञवालिको भनाइ छ । उहाँले एमाले दार्चुलाले तत्काल गम्भीरतापुर्बक पराजयको समीक्षा गरेर रिपोर्ट तयार गर्न निर्देशन दिनु भएको छ ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एब. सासंद गणेश सिह ठगुन्नाले आवश्यकताभन्दा बढी आत्मबिश्वास, पार्टी सङ्गठनको निस्कृयता र गरेका कामको सही प्रचार हुन नसक्दा दार्चुलामा एमालेले बहुमत गुमाएको बताउनुभएको छ । कार्यक्रममा एमाले जिल्ला कमिटि अध्यक्ष रामदत्त जोशीले आन्तरीक र बाह्य दुबै कारणले निर्बाचनमा हार भएको रिपोर्टीङ गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला