२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेलाई कमजोर बनाउन सबै प्रतिक्रियावादी शक्तिहरू लागि परेका छन् : वरिष्ठ उपाध्यक्ष पोखरेल

२०८१, १६ माघ बुधबार १७:५८

काठमाडौँ | नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेलाई कमजोर बनाउन खोज्नेहरूले पार नपाउने बताएका छन् ।

बुधवार पार्टी कार्यालय च्यासलमा आयोजित सहिदहरूको सम्झनामा स्रष्टाहरूको आवाज तथा पुस्तक विमोचन कार्यक्रममा उनले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरू एमालेलाई कमजोर बनाउनको लागि सबै सम्भव पक्षलाई परिचालित गरी रहेको भन्दै यो असम्भव रहेको बताए ।

उनले भने, ‘अहिले नेकपा एमालेको विरुद्धमा एउटा यस्तो खालको वातावरण बनाउन खोजिदैछ कि एमाले बर्बादिको कारण हो तर म भन्न चाहन्छु । एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीको विरुद्धमा यस्तो कुराहरू किन उठ्दैछ भने एमालेलाई कमजोर बनाइयो भने, एमालेलाई समाप्त बनाइयो भने मात्र आफ्ना अभिष्टहरु पूरा हुन सक्छन् भन्ने देशी विदेशी प्रतिक्रियावादी शक्तिहरू यसमा केन्द्रित भएर लागेका छन् । एमालेलाई कमजोर बनाउनको लागि सबै सम्भव पक्षलाई परिचालित गरिएको छ । एमालेलाई कमजोर बनाउन खोज्नेहरूले पार पाउने छैनन् । यो सम्भव हुने छैन ।’

यसको साथै, उनले गौरवशाली इतिहास र भविष्यको मार्गचित्र नै नभएको पार्टीहरू बाहिर आएको भन्दै यस्ता पार्टीहरूको जुन नाटक मञ्चन भइरहेको छ त्यसको कुनै अर्थ नभएको बताए ।

उनले समाज, पार्टी, आन्दोलन सबै ठाउँमा जो सक्रिय हुन्छ त्यसले नै अगुवाइ गर्ने हैसियत राख्ने भन्दै सक्रिय हुन नसक्नेहरू र नचाहनेहरू कहिले पनि अगुवाइ गर्न नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ