७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेले सभामुखसँग भने, मेरो निलम्बन फुकुवा गरी पाऊँ

१८ माघ २०८१, शुक्रबार १२:४९

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद पदबाट गरिएको निलम्बन फुकुवा गर्न माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन्। लामिछानेसहित रास्वपाका सांसदहरूको टोलीले शुक्रबार सिंहदरबारमा पुगेर सभामुखसमक्ष निलम्बन फुकुवाका लागि निवेदन पेस गरेका हुन्।

उनले निवेदनमा आफूमाथि लागेको फौजदारी कसुरको अनुसन्धान भई अदालतमा अभियोग (मुद्दा) दायर भई अदालतहरुबाट आदेश भई थुनामुक्त भएको व्यहोरासमेत उल्लेख गरेका छन्।

सभामुख घिमिरेले लामिछानेलाई पुस ८ गते सांसद पदबाट निलम्बित गरेका थिए। लामिछानेविरुद्ध पुस ७ मा जिल्ला अदालत, कास्कीमा तीनवटा कसुरमा मुद्दा दायर भएको थियो। उनलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा विपक्षी बनाइएको थियो।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका सभापति लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न अदालतले आदेश दिएपछि उनी रिहा भएका थिए। यसैगरी लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल