७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लामिछानेलाई सभामुखको जवाफ– पूर्वाग्रहले होइन कानून बमोजिम नै सांसद पद निलम्बन

१८ माघ २०८१, शुक्रबार १३:०९

काठमाडौँ | सभामुख देवराज घिमिरेले विद्यमान कानून, संसद् नियमावली र अभ्यास बमोजिम रास्वपा सभापति रवि लामिछानेको सांसद पद निलम्बन गरेको बताएका छन् ।

कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा नभई कानून पालना गरेको उनले बताए ।

निलम्बन फुकुवाको मागसहित भेट्न पुगेका लामिछानेलाई सभामुख घिमिरेले निवेदनका सम्बन्धमा परामर्शपछि निर्णयमा पुग्ने बताएका हुन् ।

‘मैले विद्यमान कानून, संसद् नियमावली, अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको हुँ । कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा होइन । हिजो यस पदमा अरु कोही थियो । आज म छु । भोलि अरु कोही हुन सक्छ । तर पदमा रहँदा कानूनको परिपालना गर्नु मेरो दायित्व हो ।​ तपाईंहरूले निवेदन दिनुभएको छ । यो छलफल र परामर्शको विषय हो,’ सभामुखको भनाइ उद्धृत गर्दै उनका प्रेस सहयोगी शेखर अधिकारीले भने ।

सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा लागेपछि पुस ८ गतेदेखि लामिछानेको सांसद पद निलम्बनमा परेको थियो ।

आफू अदालतबाट धरौटीमा रिहा भएकोले निलम्बनमा परेको सांसद पद फुकुवा हुनुपर्ने निवेदन लिएर लामिछाने शुक्रबार बिहान सभामुखलाई भेट्न पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल