७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कसैसँग दम भए मैले भ्रष्टाचार गरेको कुरा ल्याओस् : ओली

१८ माघ २०८१, शुक्रबार १५:०३

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले कसैसँग दम भए आफूले भ्रष्टाचार गरेको एउटा कुरा ल्याउन चुनौती दिएका छन्।

शुक्रबार प्रतिनिधिसभाको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। उनले भने, ‘म दावासाथ भन्छु, दुनियाँको अगाडि उभिएर भन्छु, भ्रष्टाचार गर्दिनँ, कसैसँग दम छ भने भ्रष्टाचार गरेको एउटा कुरा ल्याओस्।’

ओलीले संसदको पाँचौं अधिवेशन वजनदार होस् भन्ने सरकारको अपेक्षा रहेको बताए।

‘झुटा आरोप र लान्छनामा संसद केन्द्रित नहोस्, देशको विकास र सुशासनको पक्षमा सरकारलाई गम्भीर सुझाव दिनुहोस्,’ उनले भने।

उनले संसद सबैको विचार व्यक्त गर्ने ठाउँ रहेको भन्दै यहाँ सबैले थिति, विधि र नियमअनुसार अभिव्यक्ति राख्नुपर्ने बताए।

उनले सरकारले कहीँ आलोचनायोग्य काम गरेको नपाएको बताए। कसैले पनि सन्तोषजनक काम गरेको भनेर कसैले नभनेको बरू हावादारी कुरा गरिरहेको बताए।

‘कसैले स्वीस बैंकमा यति अर्ब राखेको छ, टेलिकममा यति अर्ब राखेको, यसमा यति अर्ब राखेको छ भन्दै हिँडे, पहिले पशुपतिमा सुन भनेर पित्तल राख्यो भनेर कराउनेहरू पनि यतैतिर लागिपरेका छन्,’ उनले भने।

सरकारको आलोचना गर्ने काम कसैले नै नगरेको भन्दै उनले सरकारका काम कारबाहीको रचनात्मक आलोचना हुन जरुरी रहेको बताए।

‘गलत कामबाट रोक्न टिप्पणी आलोचना गर्नुहोस्, चरित्रहत्या गर्नेगरी कपोलकल्पिच, निराधार हल्ला गर्नु र तिनको पछाडि लाग्नु गलछ छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी