२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजेन्द्र पाण्डेको प्रश्न- दुई तिहाइ छ भन्दैमा सरकारले घमण्डी देखाउँदै मनलाग्दी गर्न पाइन्छ ?

२०८१, १८ माघ शुक्रबार १७:२७

काठमाडौँ | नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले दुई तिहाइको घमण्ड नगर्न सरकारलाई आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले दुई तिहाइ छ भनेर पटक पटक भनिरहँदा जे मन लाग्यो त्यही गर्नलाई दुई तिहाइ बनेको हो भन्दै प्रश्न गरे । उनले दुई तिहाइको घमण्ड नगर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘अध्यादेश ल्याउने अहिलेको जुन ट्रेन्ड छ, यो ट्रेन्डले सांसदहरूलाई पार्टीभित्रै पनि बाध्यकारी अवस्था सिर्जना गरेर यो अध्यादेश पारित गर्नुपर्छ, अर्को उपाय छैन, यसमा खेल्ने ठाउँ छैन, यसमा छलफल गर्ने ठाउँ छैन भन्ने ढंगले जाने स्थिति देखिन्छ, अध्यादेशको ट्रेन्ड नै त्यही हो । दुई दल मिलेपछि दुई तिहाइ छ भनेर पटक पटक भनिरहँदा जे मन लाग्यो त्यही गरे भइहाल्यो नि त भन्ने भयो । जे मन लाग्छ त्यही गर्नु त्यही गर्नलाई दुई तिहाइ हो ?’

यसको साथै, उनले ६ महिनाको बीचमा केही काम राम्रोसँग देखाउन सकिएन, अब अध्यादेशबाट ढोका खोल्यौँ भन्नको लागि अध्यादेश ल्याएको बताए । अधिवेशन सुरु हुने केही दिनभित्रै जानी जानी हतार हतारमा अध्यादेशको बाढी ल्याएको आरोप पनि लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी