काठमाडौँ | नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ।
नेताहरूको कार्य विभाजन तथा जिम्मेवारी हेरफेरको विषय टुङ्ग्याउन अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बैठक बसिरहेको हो।
बैठकमा सबै केन्द्रीय सदस्यहरूको कार्य विभाजन गरी पालिकामा पठाउने तयारी समेत रहेको बताइएको छ।