२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविको बयान: जिबी राईको निर्देशनमा एक जिम्मेवार कर्मचारीको भूमिका निभाएको हुँ, वित्तीय कारोबारमा मेरो संलग्नता छैन

२२ माघ २०८१, मंगलवार १६:०८

काठमाडौँ | चितवन जिल्ला अदालतमा साहारा चितवन बहुउद्देशीय सहकारी संस्था लिमिटेड ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध मुद्दा दायर भएको छ।

सरकारी वकिल कार्यालयको रायअनुसार मंगलबार अदालतमा दायर भएको मुद्दामा लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफअलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणी बास्तोला, शिवबहादुर गुरुङ, र प्रगति श्रेष्ठलाई प्रतिवादी बनाइएको छ।

सहकारीको रकम गएका पाँच कम्पनी— गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हव इन्टरनेशनल प्रालि, जिवी ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि, र नेचर नेष्ट प्रालिविरुद्ध झन्डै ५६ करोड बिगो माग गरिएको छ।

अभियोगपत्रमा रवि लामिछानेले आफ्नो पदीय हैसियत प्रयोग गरी श्रीमती निकिता पौडेलको नाममा चार वटा चेक जारी गरेको र श्रीमती आबद्ध गोपिकृष्ण मुभिजको नाममा थप दुई वटा चेक काटिएको उल्लेख छ। गोर्खा मिडिया नेटवर्क प्रालिको बैंक खाताबाट ५९ लाख ३८ हजार २५१ रुपैयाँ निकिता पौडेललाई र ८१ लाख २५ हजार रुपैयाँ गोपिकृष्ण मुभिजलाई भुक्तानी गरिएको आरोप छ।

तर, लामिछानेले आरोप अस्वीकार गर्दै आफू वित्तीय कारोबारमा संलग्न नरहेको दाबी गरेका छन्। उनले जिबी राईको निर्देशनमा जिम्मेवार कर्मचारीको भूमिका मात्रै निभाएको स्पष्ट पार्दै भनेका छन्, “गोरखा मिडिया नेटवर्कमा लगानी ल्याउने कुनै पनि प्रक्रियामा मेरो संलग्नता छैन। कम्पनी स्थापना गर्दा गितेन्द्र बाबु राई र छविलाल जोशी सञ्चालक थिए, र मलाई १५ प्रतिशत स्वेट शेयर दिने प्रस्ताव उनीहरूकै थियो।”

यस्तो छ रविले सरकारी वकिलसमक्ष दिएको बयानको पूर्णअंश

म तत्कालीन समयमा न्युज २४ टि.भि.मा कार्यरत थिएँ । गोरखा मिडिया नेटवर्कका संस्थापक सञ्चालकहरू गितेन्द्र बाबु राई र छविलाल जोशी हुन् । जुन कुरा कम्पनी रजिस्ट्रारको कार्यालयबाट प्राप्त कागजातहरूबाट स्पष्ट हुन्छ । म कर्मचारी एवं प्रबन्ध निर्देशकका रूपमा आधिकारिक रूपले २०७७।०९।३० मा नियुक्त भएँ ।

मेरो नियुक्ति पत्र अनुसार मासिक पारिश्रमिक रु.५,००,०००।-, नियुक्तिको किसिम स्थायी, परीक्षणकाल ६ महिना, कार्यक्षेत्र देशभर थियो । मैले पाउने तलब करकट्टा गरी बैंक खाता मार्फत प्राप्त हुन्थ्यो । १५% शेयर मलाई सित्तैमा प्राप्त शेयर थियो ।

म उक्त संस्थाबाट मिति २०७९।०३।०१ मा सौहार्द्रताका साथ बिदा भएको हुँ । मेरो कार्यकालमा साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लि. लगायत कुनै पनि सहकारी संस्थाबाट ऋण लिने सम्झौता, सहमति, छलफल एवं बोर्ड निर्णय भएको छैन । कम्पनीमा उनले नै व्यक्तिगत ऋण उपलब्ध गराएका थिए, कम्पनीमा नगद प्रवाहको आवश्यकता पर्दा असुरक्षित कर्जाको नाममा निजले नै कम्पनीमा नगद प्रवाहको व्यवस्था गर्दथे । त्यसैले गर्दा कम्पनीको लेखामा Chairman’s unsecured loan देखिन्थ्यो ।

निज गितेन्द्र बाबु राईले नै चालु पूँजीको व्यवस्था गर्ने हुँदा निजको आवश्यकता अनुसार कम्पनीमा पुँजी आउने र कम्पनीबाट पुँजी जाने प्रक्रिया स्वाभाविक नै थियो । निज गितेन्द्र बाबु राईको निर्देशन विना कुनै पनि चेक तयार भई भुक्तानीका लागी पेस हुन सक्दैनथे । मलाई आकर्षक तलब सुविधा र मेरो विज्ञता र लोकप्रियतालाई पुँजी मानी १५% शेयर विना लगानी उपलब्ध गराउने सम्झौता सहमति गरी ल्याइएको हो ।

कम्पनी सुरु गर्दा गितेन्द्र बाबु राई र छविलाल जोशी सञ्चालक थिए, उनीहरू बिचको सल्लाह सहमति बारे मलाई जानकारी छैन, तर मलाई १५% स्वेट शेयर उपलब्ध गराउने कुरा दुवै सञ्चालकहरूको प्रस्ताव हो । गोरखा मिडिया नेटवर्कमा लगानी ल्याउने कुनै पनि कार्यमा मेरो संलग्नता र सहभागिता छैन ।

गितेन्द्र बाबु राई मार्फत उनैले गोरखा मिडियालाई उपलब्ध गराएको भनी आधिकारिक रूपमा लेखा परीक्षण प्रतिवेदनमा उल्लेख भएको रकम निज गितेन्द्र बाबु राईको निर्देशन एवं कम्पनीले गरेको सम्झौताहरू अनुरूप पदीय दायित्व र जिम्मेवारी पुरा गर्न कम्पनीको नियमावलीको अधीनमा रही काम-कारबाही गरेको हुँ । कम्पनीका चेकहरूमा हस्ताक्षर गर्ने व्यक्तिहरू मध्ये म पनि एक भए पनि कम्पनीको लगानीकर्ता म थिइन ।

मेरो जिम्मेवारी भनेको ग्यालेक्सी फोरके टि.भि.मा प्रशारण हुने सामग्रीमा केन्द्रित थियो । सहकारी वा अन्य कम्पनीहरूसँग मेरो कुनै साइनो थिएन, छैन । एक व्यावसायिक सञ्चारकर्मीका हैसियतले मैले गोरखा मिडिया नेटवर्कको नियमावली तथा कार्यकारी अध्यक्ष गितेन्द्र बाब राईको निर्देशनमा एक जिम्मेवार कर्मचारीको भूमिका निभाएको हुँ ।

कुनै पनि खाताको सञ्चालक वा हस्ताक्षरकर्ता हुनु भनेको उक्त खाताको आम्दानीको श्रोत बारे जानकार हुनु होइन । त्यतिबेला म कम्पनीमा प्रवेश गरी सकेको थिइन तर प्रतिबद्ध भने भई सकेकाले त्यसैको सुनिश्चितताका लागी मलाई पनि बैंक खातामा संलग्न गराइएको हुनु सक्छ । बैंकबाट आधिकारिक रूपमा प्राप्त विवरण हो भने उक्त चेकमा भएको हस्ताक्षर मेरो हो भनी सनाखत गरि दिएँ ।

गोरखा मिडिया नेटवर्क प्रा.लि. एक नयाँ कम्पनी थियो । नयाँ कम्पनीका अधिकांश खर्चहरू.स्थापनाको पहिलो वर्षहरूमा हुने गर्दछन् । मैले अघिल्लो सवालको जवाफमा भने जस्तै भौतिक निर्माण, उपकरण खरिद, विभिन्न व्यक्ति एवं संस्थाहरूसँगको सम्झौता, कर्मचारी भर्ना लगायतका शीर्षकमा सबै भन्दा धेरै खर्च पहिलो वर्षमा नै हुने भएकाले मेरै कार्यकालमा सर्वाधिक चेकहरू जारी भएका हुन् ।

भुक्तानीका लागी जारी भएका चेकहरू विभिन्न व्यक्ति एवं संस्थाहरूसँग गरिएका सहमति, सम्झौता, बोर्ड निर्णय एवं कार्यकारी अध्यक्ष गितेन्द्र बाबु राईको निर्देशन पालना गरी जारी गरिएका हुन् । के कति संख्यामा चेकहरू जारी भए त्यसको अभिलेख मसँग छैन तर मैले कम्पनीको नियमावली एवं कार्यकारी अध्यक्षको निर्देशन बमोजिम काम कारबाही गरेको हुँ ।

कुनै पनि कम्पनीको खाताको हस्ताक्षरकर्ता हुनु भनेको कम्पनीको मालिक वा लगानीकर्ता हुनु होइन । म गोरखा मिडिया नेटवर्कको मालिक वा लगानीकर्ता थिइन । म त आफ्नो विज्ञता बापत प्राप्त शेयरको शेयरधनी र कर्मचारी मात्र थिएँ । कम्पनीको कामको सहजताका लागी चेकमा हस्ताक्षरकर्ता मध्ये एक बनेको हुँ । यो एउटा विश्वास हो । कैयौँ अवस्थामा कार्य व्यस्तता बाबजुद कार्य सहजताका लागी खाली चेकहरूमा समेत हस्ताक्षर गरी छाड्ने अभ्यास थियो । यस किसिमको Reasonable Trust विना निजी क्षेत्र चल्न गाह्रो हुन्छ । त्यसैले कम्पनीको सम्पूर्ण वित्तीय कारोबारमा मेरो संलग्नता थिएन, छैन भन्ने समेत व्यहोराको रवि लामिछानेको बयान ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने