काठमाडौँ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिनाबारे चितवन जिल्ला अदालतमा पूरक अभियोजन दर्ता भएपछि रास्वपा सभापति रवि लामिछाने गएराति नै चितवन पुगेका छन् ।
रास्वपा जिल्ला सभापति कृष्ण भुसालका अनुसार उनी गएराति नै स्थलमार्ग हुँदै चितवन पुगेका हुन् ।
उनी आज जिल्ला अदालतमा उपस्थित हुने बताइएको छ ।
रविसहित १४ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता भएको छ ।