२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेको बयान २ नम्बरमा न्यायाधीश दयाराम ढकालको इजलासमा

२०८१, २३ माघ बुधबार ११:४७

काठमाडौँ | जिल्ला अदालत, चितवनको २ नम्बर इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान शुरू भएको छ।

इजलास नं. २ मा न्यायाधीश दयाराम ढकालको एकल इजलासमा बयान शुरू भएको जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए। समयमै बयान सकिएमा आजै थुनछेक बहस पनि शुरू हुने विश्वकर्माले बताए।

लामिछाने सहित ३२ जना विरुद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अवचन आरोपमा माघ २२ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। सहकारीको ५२ करोड ३२ लाख ८५ हजार ३०८ रुपैयाँ अपचलन भएको पाइएको छ।

त्यसमध्ये अहिले ३८ करोड नौ लाख ७९ हजार १७७ रुपैयाँ अपचलन भएको जाहेरी परेको छ। जिल्ला अदालतमा दर्ता भएको अभियोगपत्रमा पनि त्यही बराबरको रकम भराउन मागदाबी गरिएको छ।

सहकारीबाट साढे तीन करोड रुपैयाँ गोर्खा मिडियामा आएको पाइएको छ। त्यो रकम हिनामिना गरिएको लामिछानेलाई आरोप लागेको छ।

मुद्दा दर्ता भएपछि लामिछाने बुधबार बिहान आफै जिल्ला अदालतमा उपस्थित भएका हुन्। यसअघि सहकारी ठगी मुद्दामा कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतले धरौटीमा रिहा गरेका थिए।
https://www.himalkhabar.com/news/143917

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो