७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाँसबारी जग्गा हिनामिना प्रकरणमा अरुण चौधरीलाई उन्मुक्ति, सरकारले मुद्दा नचलाउने

२३ माघ २०८१, बुधबार १२:०१

काठमाडौँ | बाँसबारी छालजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा जोडिएका अरुण चौधरीविरुद्ध मुद्दा नचलाइने भएको छ । महान्यायाधिवक्ता कार्यालयले बाँसबारी छालजुत्ता कारखानाको जग्गा सरकारको नाममा आइसकेकाले मुद्दा चलाउन नपर्ने निर्णय गरेको हो ।

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले सीजी होल्डिङ्सका अध्यक्ष एवम् प्रबन्ध निर्देशक चौधरी २०८० माघ १८ गते पक्राउ गरी अनुसन्धान गरेको थियो । पछि काठमाडौं जिल्ला अदालतले चौधरीलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । सीआईबीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीसँग पनि कागजी बयान गराएको थियो ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको पालामा उक्त जग्गा हिनामिना प्रकरणमा अनुसन्धान सुरु भएको थियो । बालुवाटार जग्गा प्रकरणमा एमाले नेता विष्णु पौडेलको छोरालाई उन्मुक्ति दिएझै बाँसबारीमा विनोद चौधरीका भाई अरुणले पनि सत्ताको आडमा उन्मुक्ति पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ?