२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२२ वर्षीय माइकल जसले अनलाइन मार्फत ठगेर बनाए काठमाडौँमा घर, बैंकमा ४ करोड ब्यालेन्स

२०८१, २३ माघ बुधबार १३:४३

काठमाडौँ | कैलालीको बर्दगोरिया–६ निवासी माइकल डंगौरा अनलाइन स्क्याम र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा छन्। बुढानीलकण्ठ नगरपालिका–८ स्थित भंगालमा बस्ने २२ वर्षीय डंगौराले सूचना प्रविधिको अध्ययनलाई दुरुपयोग गर्दै अनलाइनमार्फत ठगी धन्दा सञ्चालन गरेको अनुसन्धानले देखाएको छ।

२०८१ पुस पहिलो साता पक्राउ परेका डंगौराले अनलाइन ठगीबाट आर्जित रकम प्रयोग गरी काठमाडौँको भंगालमा ३.५ करोडको घर र क्रेटा गाडी किनेका थिए। उनको बैंक खातामा ४ करोड रुपैयाँ मौज्दात रहेको पाइएको छ। सीआईबीका प्रवक्ता एसपी सुधिरराज शाहीका अनुसार, बैंक खातामा रहेको रकम रोक्का राखेर अनुसन्धान अघि बढाइएको छ।

डंगौराले डेढ वर्षदेखि ठगी धन्दा सञ्चालन गर्दै आएको खुलासा भएको छ। उनले आफ्नो गाउँमा समेत भव्य घर बनाएका थिए। गाउँमा आउजाउ गर्ने क्रममा उनले अनिल विश्वकर्मालाई काम गर्न प्रस्ताव गरेका थिए। २६ वर्षीय अनिल, जो बेरोजगार थिए, माइकलको निर्देशनमा विभिन्न बैंक खाता खोलेर रकम ट्रान्सफर गर्ने काम गर्थे। उनलाई कैलालीबाट पक्राउ गरिएपछि माइकल पक्राउ परेका हुन्।

अनलाइन स्क्याम र हुण्डी कारोबारमा संलग्न सात जना पक्राउ
माइकल र अनिलसँगै क्रिप्टो करेन्सी, अनलाइन स्क्याम र हुण्डी कारोबार गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढानीलकण्ठ बस्ने २९ वर्षीय पियुष श्रेष्ठ, दोलखा घर भएका १९ वर्षीय आश्विन चौलागाईं, रौतहट घर भएका २२ वर्षीय सत्यम कुमार सहनी, काठमाडौँ बस्ने भारतीय नागरिकद्वय २७ वर्षका रोशन कुमार र ३६ वर्षीय मुन्ना कुमार छन् ।

अनुसन्धान अनुसार, यी व्यक्तिहरूले हालसम्म ३ अर्ब रुपैयाँ ठगी गरिसकेको प्रारम्भिक रिपोर्ट छ। एसपी शाहीका अनुसार, मोबाइलको डिजिटल फरेन्सिक रिपोर्ट आएपछि ठगीको वास्तविक परिमाण अझै बढ्न सक्छ।

ठगीको कार्यशैली
उनीहरू सामाजिक सञ्जालमा लिंक पठाएर पीडितलाई क्लिक गर्न उक्साउँथे। एकचोटि लिंक क्लिक गरेपछि, पीडितको वालेटमा पहुँच बनाएर ओटीपी मागेर ह्याक गर्ने गर्थे। त्यसपछि माइकलको निर्देशनमा विभिन्न खातामा रकम ट्रान्सफर गरिन्थ्यो।

यी ठगहरूले ‘घरमै बसेर कमाउन सकिन्छ’ भन्ने अफर दिएर सर्वसाधारणलाई आफ्नो बैंक खाता नम्बर दिन उक्साउँथे। यस्ता खाताहरूमा ठगीको रकम पठाएर खाताधारकलाई १०% कमिशन दिएर अन्य खातामा ट्रान्सफर गर्न लगाइन्थ्यो।

हुण्डी कनेक्सन र अन्तर्राष्ट्रिय संलग्नता
यस प्रकरणको अनुसन्धानका क्रममा ठगहरूले विदेशबाट हुण्डीमार्फत रकम नेपाल ल्याउने र क्रिप्टोमा रूपान्तरण गर्ने गरेको भेटिएको छ। माइकल डंगौरा समूहसँग सम्बन्धित एक जना बंगलादेशी नागरिक क्रिप्टो कारोबारमा संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको छ।

हाल माइकलसहित पक्राउ परेका सात जनामाथि संगठित ठगी मुद्दामा अनुसन्धान भइरहेको छ। एसपी शाहीका अनुसार, अनुसन्धानको दायरा क्रिप्टोकरेन्सी कारोबारसम्म विस्तार गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा