८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कांग्रेस नगर सभापति मृत फेला प्रकरणः पोस्टमार्टम रिपोर्टमा देखायो मुटुमा ‘अक्लुजन’

२४ माघ २०८१, बिहीबार १२:३०
कञ्चनपुर | कञ्चनपुरमा मृत फेला परेका कांग्रेस भीमदत्त नगर सभापति अच्युत कलौनीको घटनामा अनुसन्धान गरिरहेको प्रहरीले थप परीक्षण गर्ने भएको छ । भेरी प्रादेशिक अस्पतालको विज्ञ टोलीले गरेको पोस्टमार्टम रिपोर्टबाट मृत्युको ठोस कारण पत्ता नलागेपछि नेपाल प्रहरी विधि विज्ञान प्रयोगशाला नेपालगञ्जमा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मुटु परीक्षण गरिने भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार पोस्टमार्टम रिपोर्टमा शरीरमा कुनै किसिमको चोटपटक देखाएको छैन । ‘मुटुमा अक्लुजन भएको भनिएको छ,’ डीएसपी जोशीले भने, ‘सोही कारण थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मुटु पठाएका छौँ ।’ चिकित्सकहरूका अनुसार मुटुमा अक्लुजन भनेको अवरोध हुनु हो । कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका– १८ स्थित सडकपेटीमा मृत फेला परेका थिए । त्यसको दोस्रो दिन भेरी अस्पताल नेपालगञ्जका फरेन्सिक विज्ञसहितको डाक्टरको टोलीले कञ्चनपुर पुगेरै पोस्टमार्टम गरेको थियो । जिल्ला प्रहरी कार्यालयका डीएसपी जोशीका अनुसार कलौनीले प्रयोग गर्दै आएको मोबाइल भने अझैसम्म भेटिएको छैन । ‘एन्ड्रोइड मोबाइल मृतकको साथमा फेला परेको थियो,’ डीएसपी जोशीले भने, ‘अर्को किप्याड मोबाइल भने अहिलेसम्म पनि भेटिएको छैन । वालेट पनि खल्तीबाट निकालेर शवको केही पर राखिएको थियो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी