३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्रीले अन्तर्जातीय विवाह तोड्न निर्देशन दिएर राज्यशक्ति दुरूपयोग गरेको सांसद नेपालीको आरोप

२४ माघ २०८१, बिहीबार १५:०५

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले सरकारको हात्तीको दाँत जस्तै दोहोरो चरित्र रहेको बताएका छन्।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्ने नीति लिएको भएपनि व्यवहारमा लागू नभएको भन्दै सरकारले हात्तीको दाँत जस्तै दोहोरो चरित्र देखाएको बताए।

उनले भने, ‘मलाई यो सरकार हात्तीको दाँत जस्तै लाग्न थालेको छ। देखाउने एउटा चपाउने एउटा यो सरकारको चरित्र पनि त्यस्तै हो कि? के प्रेम गर्नु अपराध हो? सरकारले अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्ने नीति लिएको तर व्यवहार उल्टो छ। अन्तर्जातीय विवाह गर्ने दलित सतेन्द्रराम चमार र नेहा रौनियारको विवाह दर्ता भइसकेको पनि जबर्जस्ती तोड्न गृहमन्त्रीकै निर्देशनमा राज्यशक्ति दुरुपयोग भइरहेको भन्ने खबर अत्यन्तै गम्भीर छ। सरकारले जवाफ दिनुपर्छ।’

उनले अन्तर्जातीय विवाह जबर्जस्ती तोड्न गृहमन्त्रीले निर्देशन दिएर राज्यशक्ति दुरूपयोग गरेको आरोप लगाए।

मंगलबार नयाँपत्रिका दैनिकले गृहमन्त्री लेखकै निर्देशनमा अन्तर्जातीय प्रेम विवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार रामलाई प्रहरीले पटक-पटक पक्राउ गरी थुनामा राखेको समाचार सार्वजनिक गरेको थियो।

नयाँपत्रिकाका अनुसार रामविरूद्ध बालविवाहको मुद्दा दायर गरिएको र प्रहरीले उनलाई मुम्बईसम्म पुगेर पक्राउ गरेको थियो।

अन्तर्जातीय विवाह छुटाउनकै लागि गृहमन्त्रीकै निर्देशनमा यसरी यातना दिइएको उनीमाथि आरोप छ। तर, गृहमन्त्री लेखकले भने त्यसमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन्।

गृहमन्त्रीको बारेमा समाजमा भ्रम फैलाउने गरी भ्रामक समाचार प्रकाशन गरिएको भन्दै गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरेर आपत्ति जनाएको छ।

त्यसैगरी त्यसबारेमा प्रहरी प्रधान कार्यालयले पनि विज्ञप्ति निकालेर रामलाई बालविवाह मुद्दामा पक्राउ गरिएको र अदालतको आदेशमा ३० हजार धरौटीमा छुटी मुद्दा विचाराधीन रहेको भनेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए