७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसलाई प्रचण्डको प्रश्नः ओलीजीसँग सत्ता सहकार्यमा मात्रै हुनुहुन्छ कि राजनीतिक दृष्टिकोण नै परिवर्तन गरेको ?

२४ माघ २०८१, बिहीबार १५:१४

काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले नागरिक अभिव्यक्तिलाई अपराधको श्रेणीमा राख्नेगरी विधेयक दर्ता गरेको भन्दै आपत्ति जनाएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले विधेयकमा वर्तमान सरकारको नियत के हो भन्ने कुरा प्रष्ट देखिएको बताए ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओली विरोध त परैको कुरा, रचनात्मक आलोचना पनि सहन नसक्ने अवस्थामा पुगेको उनले टिप्पणी गरे । ओली अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक र प्रेस स्वतन्त्रतालाई कुल्चने प्रयत्नमा रहेको प्रचण्डको आरोप छ । उनले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकमा प्रधानमन्त्री ओलीसँग आफ्नो प्रश्न नरहेको बताए । तर, सत्तारुढ दल नेपाली कांग्रेससँग प्रचण्डले विधेयकप्रतिको धारणा मागे । ‘नेपाली कांग्रेसलाई ? के हो यो सामाजिक सञ्जाल नियमन विधेयक ? के हो यसमा नेपाली कांग्रेसको आधिकारिक धारणा ? हिजो त तपाईँहरु यसको विपक्षमा उभिनु भएको थियो, आज कता उभिनु भएको हो ? तपाईँहरु सत्ताका लागि मात्रै सहकार्यमा हुनुहुन्छ कि राजनीतिक दृष्टिकोण नै परिवर्तन गरेर केपी ओलीजीकै ठाउँमा पुग्नु भएको हो ? म जान्न चाहन्छु,’– प्रचण्डले भने ।

उनले ‘के नेपाली कांग्रेसलाई पनि हाम्रो सम्माननीय प्रधानमन्त्रीजीलाई जस्तै प्रश्नमुक्त र विवेकमुक्त नेपाल चाहिएको हो ?’ भन्दै प्रश्न गरे । उनले कांग्रेसको विचारमाथि नै प्रश्न उठाए । ‘तपाईँहरुको वैचारिकी के हो ? भन्ने कुरा पनि म जान्न चाहन्छु । मैले वैचारिकीको प्रश्न किन उठाएको भने नेपाली कांग्रेस यो विषयमा गतिशील देखिएको छ,’– प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी