२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद्‍बाट रास्वपाको चेतावनी- रविको निलम्बन फुकुवा नगरे सरकारलाई महँगो पर्न सक्छ

२०८१, २५ माघ शुक्रबार १४:२८

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको निलम्बन फुकुवाको माग गरेको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परी चार जिल्लाबाट धरौटीमा रिहा भइरहेका सभापति लामिछानेको सांसद पद पुस ८ गतेदेखि निलम्बनको अवस्थामा छ ।

यस्तोमा शुक्रबार बसेको प्रतिनिधिसभाको उनको निलम्बन फुकुवाको माग उठेको हो ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा कार्यवाहक सभापति तथा सांसद डीपी अर्यालले निलम्बन फुकुवा माग गरेका हुन् ।

‘पूर्वाग्रही तरिकाले थुनामा राखेको र अहिले धरौटीमा रिहा भइसकेका हाम्रा सभापति रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न माग गर्दछु‚’ उनले भनेका छन् ।

सांसद अर्यालले लामिछानेमाथि सरकारले प्रतिशोध साँधिरहेको दाबी गर्दै सदनले पनि त्यसलाई समर्थन गरेको अनुभूति भएकोसम्म भनेका छन् ।

उनले सभापति लामिछानेको निलम्बन फुकुवा नगरे त्यसको मूल्य महंगो पर्ने पनि बताए ।

त्यसैगरी सांसद विनिता कठायतले पनि रविमाथि सरकारले प्रतिशोध साँध्दै जिल्ला घुमाइएको बताइन् । उनले सरकारको उक्त कदमको कडा निन्दासहित तत्काल निलम्बन फुकुवा गर्न माग गरेकी छन् ।

कम्तीमा पनि ५ जिल्लाका सहकारीबाट ग्यालेक्सी टीभी चलाउन गोर्खा मिडिया नेट्वर्कमा रकम लगेको अभियोगमा लामिछानेमाथि मुद्दा चलिरहेको छ ।

उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्दीकरणका मुद्दा चलिरहेको अवस्था छ । खासगरी कास्कीमा चलेको सम्पत्ति शुद्धीकरण मुद्दाका कारण सभामुख देवराज घिमिरेले लामिछानेलाई सांसदबाट निलम्बन गरेका थिए ।

लामिछानेले कास्की, काठमाडौं, रूपन्देही र चितवनबाट २ करोड ७९ लाख धरौँटी बुझाएर रिहा भइसकेका छन् । चितवनमा मुद्दा जानुअघि नै रविलेगत माघ १८ गते सभामुखलाई भेटेर निलम्बन फुकुवा गरिदिन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न