७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अधिवक्ता त्रिपाठीमाथि हातपात : रास्वपा जिल्ला उपसभापतिसहित तीन जनासँग धरौटी माग

२५ माघ २०८१, शुक्रबार १६:३८

काठमाडौँ | वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेहरूलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ । आज (शुक्रबार) न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले प्रतिवादीहरू तीन जनासँग धरौटी माग गरेको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

दोलखा घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी, हुम्ला घर भई काठमाडौंको टोखा बस्ने ३२ वर्षीय महानन्द जैसी र झापा घर भई बानेश्वर बस्ने ५५ वर्षीया सितल राई भन्ने सीतादेवी राईविरूद्ध ज्यान मार्न नहुने कसुरमा मुद्दा दायर भएको हो ।


उनीहरू तीनै जनासँग अदालतले जनही एक लाख धरौटी माग गरेको हो । जसमध्ये केसी र राईले धरौटी बुझाइसकेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । महानन्द जैसीले भने धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन् । महानन्द जैसी राष्ट्रिय स्वतन्त्र पार्टीको हुम्ला जिल्लाका उपसभापति हुन् ।

माघ २ गते अपराह्न पौने ४ बजे अधिवक्ता त्रिपाठी काठमाडौं जिल्ला अदालतबाट बाहिरिँदा हातपात भएको थियो । उनले स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको मुद्दामा जाहेरवालाको तर्फबाट बहस गरेका थिए । बहस सकेर बाहिरिएका त्रिपाठीमाथि हातपात गरेका थिए । उनले उनीहरूविरूद्ध ज्यान मार्न नहुने कसुरमा जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या