८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामी सरकारमा जाँदैनौं, मन्त्रालय चाहिएन : उपेन्द्र यादव

२७ माघ २०८१, आईतवार १५:३८

काठमाडौँ | जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादवले आफूहरूले सरकारमा जानका लागि कुनै बार्गेनिङ नगरेको बताएका छन् । आइतबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

अध्यादेशलाई देखाएर तपाईंहरू सत्ताको बार्गेनिङ गरिरहनुभएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा यादवले भनेका छन्, ‘यस्ता फोहोरी र फटाहा कुरा गर्ने मान्छेको पनि कुरा गर्ने त ? हामी अहिले सरकारमा जाने अवस्थामा छैनौं । हामीलाई मन्त्रालय चाहिएन ।’

उनले अध्यादेशबारे पार्टीले धारणा बनाइसकेको र संसद्को कार्यसूचीमा चढ्नेबित्तिकै निर्णय सुनाउने बताए ।

सरकारले हिउँदे अधिवेशनभन्दा अगाडि ल्याएका ६ वटा अध्यादेश संसद्को कार्यसूचीमा चढ्न सकेको छैन । यसअघि अध्यादेश पारित गर्नेगरी दुवै सदनमा प्रस्तुत गर्ने तयारी गरेपनि स्थगित भएको थियो ।

उपेन्द्र नेतृत्वको जसपा नेपाल राष्ट्रियसभा निर्णायक देखिन्छ । विज्ञहरूसँग अध्यादेशबारे छलफल गरेर धारणा तय भएको बताएको छ । यद्यपि संसद्को कार्यसूचीमा नचढेसम्म आफूहरूले निर्णय नलिने अध्यक्ष यादव बताउँछन् ।

‘हामीले खाली धारणा बनाउँदैछौं । हाम्रो सोच सकारात्मक छ । क्रियटिभ रुपले हामी देश र जनताको पक्षमा सोच्दैछौं । सरकारले कार्यसूचीमा राख्नेबित्तिकै हाम्रो निर्णय हुन्छ,’ उनले भने, ‘धेरैजना विज्ञसँग छलफल गरिरहेका छौं । कसैले कामचलाउ भन्छन् । कसैले सबै छन् भन्छन् । विज्ञको सुझाव लिएर हामी निर्णय लिन्छौं ।

आफूहरूको कारण नभइ सरकार नै बाधक बन्दा अध्यादेश कार्यसूचीमा चढ्न नसकेको उनले बताए ।

‘हाम्रो निर्णयका कारणले अड्किएको होइन । हाम्रो कार्यदलले रिपोर्ट दिनेबित्तिकै निर्णय लिने भन्दा उता कार्यसूचीबाट हटाइयो । हामी बाधक होइन बाधक सरकार नै हो,’ यादवले भने ।

अधिवेशन सुरु भएको पहिलो दिन पेस गर्नुपर्ने र दुवै सदनबाट अध्यादेश स्वीकृत गराएर ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याएर ऐनमा रुपान्तरण गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ । अन्यथा, सबै अध्यादेश निष्क्रिय हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी