७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अहिले ‘तीन वटा टाउका’हरूले पालैपालो देशलाई खाइरहेका छन्: बाबुराम भट्टराई

२७ माघ २०८१, आईतवार १६:३८

काठमाडौँ | नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा.बाबुराम भट्टराईले नेपालमा रहेका हरेक समस्या ठिक ढङ्गले समाधान गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

आइतबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशनमा बोल्दै उनले निरपेक्ष गरिबी, चापिय गरिबी, बेरजगारी, परनिर्भरता, आर्थिक समस्या नै नेपाली समाजको यति बेलाको सबैभन्दा ठुलो समस्या भएको बताएका हुन् ।

उनले भने, ‘नेपालमा रहेका हरेक समस्या ठिक ढङ्गले गर्नुपर्ने आवश्यकता छ । निरपेक्ष गरिबी, चापिय गरिबी, बेरजगारी, परनिर्भरता, आर्थिक समस्या नै नेपाली समाजको यति बेलाको सबैभन्दा ठुलो समस्या हो । सबैको घरमा थाहा छ एक न एक जना बिदेसिन बाध्य छन् । अब यसलाई कसरी समाधान गर्ने सोच्ने समय आएको छ ।

त्यस्तै उनले अहिले ‘तीन वटा टाउका’हरूले पालैपालो गरेर देशलाई खाइरहेको पनि आरोप लगाए । उनले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई त्यस्तो आरोप लगाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या