७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाबुरामको दस्ताबेज: प्रचण्डलाई गोरखा-२ छाड्नु गम्भीर गल्ती भयो

२८ माघ २०८१, सोमबार ११:४६

काठमाडौँ | नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले गत निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका लागि आफ्नो निर्वाचन क्षेत्र गोरखा नं. २ छाड्नु गम्भीर गल्ती भएको बताएका छन्।

आइतबार (आज) सुरु भएको पार्टीको पहिलो महाधिवेशनमा ‘नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिको औचित्य र आधार’ शीर्षकमा प्रेषित ३२ पृष्ठ लामो दस्ताबेजमा उनले यो बताएका हुन्।

‘२०७९ असारमा नेपाल समाजवादी पार्टीको रूपमा पुनर्गठित गरिसकेपछि २०७९ मंसिरमा भएको आम निर्वाचनमा माओवादी केन्द्रसँग साझा चुनाव चिह्न लिनु र निर्वाचन क्षेत्र गोरखा २ प्रचण्डलाई छोड्नु गम्भीर गल्ती थियो,’ उनले आफ्नो दस्ताबेजमा भनेका छन्, ‘भर्खर एमालेबाट अलग्गिएपछि अप्ठ्यारोमा परेको माओवादी केन्द्र र भर्खर नेसपाको रूपमा पुनर्गठित भएको बेला अलमलमा परेका हामीबीचको हतारो निर्णयको दुष्परिणाम थियो त्यो चुनावी तालमेल।’

यस्तै उनले मधेसकेन्द्रित दलहरूसँग पार्टी एकता गरेर पनि आफूहरूले गल्ती गरेको औँल्याएका छन्। ‘जनता समाजवादी पार्टी बनायौँ। हाम्रो मनसाय पवित्र थियो। हिमाल, पहाड, मधेस जोडेर हामी राष्ट्रिय एकता समृद्ध गर्न चाहन्थ्यौँ। एकातिर त्यो प्रयोग लामो समय टिकेन। अर्कोतिर पुरानै सोच र शैली भएकाहरूसँगको एकताले हाम्रो वैकल्पिक राजनीतिक पहिचान र स्वच्छ नैतिक छविलाई समेत प्रश्न गर्ने ठाउँमा पुऱ्याइदियो,’ भट्टराईले भनेका छन्।

पछिल्लो संसदीय निर्वाचनमा माओवादी अध्यक्ष दाहालका लागि भट्टराईले आफ्नो निर्वाचन क्षेत्र गोरखा २ छाडिदिएका थिए। त्यस्तै माओवादीको चुनाव चिह्न हँसिया हथौडाबाट नेसपाका नेताहरूले चुनाव लडेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी