३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘उपेन्द्र यादव सरकारमा जानुहुन्छ जस्तो लाग्दैन, राष्ट्रियसभाबाट अध्यादेश पारित नहुने स्थिति बन्दैछ’

२८ माघ २०८१, सोमबार १३:०५

काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल आफ्नो मुद्दालाई छोडेर सरकारमा सहभागी हुन जाने सम्भावना आफूले नदेखेको बताएका छन्। जनकपुरधाम पुगेका प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै जसपा, नेपाले आफ्नो अडान र मुद्दा छोड्ने विश्वास आफूले नगरेको बताएका हुन्।

‘उहाँ (उपेन्द्र) आफ्नो मुद्दालाई नै छाडेर सरकारमा जानुहुन्छ जस्तो मलाई लाग्दैन। उहाँहरूले निर्णय गर्नै बाँकी छ। बैठकबाट निर्णय गर्नुहोला,’ उनले भने, ‘यदि उहाँहरूले आफ्नो अडान छाड्नु भएन भने राष्ट्रियसभाबाट अध्यादेश पारित नहुने स्थिति बन्दैछ।’

दाहालले संसद्‌को अधिवेशन बोलाउने समयमा अध्यादेश ल्याएकोमा आपत्ति जनाए। उनले भूमि अध्यादेशमा समावेश भएका प्रावधानहरू सदन बोलाउने बेला अध्यादेश ल्याएको र भूमिलगायत अध्यादेशका अन्तरवस्तु गलत रहेको प्रचण्डको भनाइ छ।

सरकारले राष्ट्रिययसभामा ६ वटा अध्यादेश पेस गरेको छ। विधेयकको पक्षमा प्रतिनिधिसभामा कांग्रेस-एमालेको स्पष्ट बहुमत रहे पनि राष्ट्रियसभामा जसपा, नेपाल निर्णायक छ। राष्ट्रियसभामा कांग्रेस, एमाले र लोसपाका २८ सांसद छन्। राष्ट्रियसभामा बहुमतका लागि पक्षमा ३० सांसद चाहिन्छ। ५९ सदस्यीय राष्ट्रियसभामा बहुमतका जसपाका तीन सांसद निर्णायक छन्।

जसपा, नेपालले विधेयकको पक्षमा जाने या नजाने भनेर औपचारिक निर्णय नगर्दा सरकारको दबाबमा प्रतिनिधिसभामा सभामुख र राष्ट्रियसभामा अध्यक्षले निर्णयार्थ पेस गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन