७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेयर भएपछि बालेनको पहिलो ‘नेपाल हाँसेको हेर्न चाहन्छु’ बोलको गीत सार्वजनिक हुँदै

२८ माघ २०८१, सोमबार १३:१५

काठमाडौँ | हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ को टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’ का लागि र्यापर बालेन साहले एउटा नयाँ गीत गाएका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि यो उनको पहिलो रेकर्डेड गीत हो । बालेनको स्वरमा रेकर्ड भएको ‘नेपाल हाँसेको हेर्न चाहन्छु’ बोलको गीत सोमवार दिउँसो सार्वजनिक हुँदैछ ।

महाशिवरात्रिको दिनदेखि प्रदर्शनमा आउने फिल्म ‘लाज शरणम्’ को टीमले उक्त गीत आज सार्वजनिक गर्ने घोषणा गरेका छन् । ‘नेपाल हासेको’ गीत आज दिउँसो ३ः१५ बजे सार्वजनिक हुनेछ ।

उक्त गीत सार्वजनिक हुने कुराको जानकारी दिँदै फिल्मका कलाकारहरुले सार्वजनिक गरेको पोस्टरमा मेयर बालेन कुर्सीमा बसेका छन् भने उनको पछाडि फिल्मका मुख्य कलाकारहरु अर्जुन घिमिरे, सागर लम्साल, गजित विष्ट, हरिष निरौला आदिलाई दौरा–सुरुवाल तथा ढाका टोपीसहितको राष्ट्रिय पहिरनमा देख्न सकिन्छ ।

उक्त गीतमा बालनकै शब्द, संगीत तथा र्याप रहेको छ । गीतमा किरण नेपाली सारङ्गी वादन छ । यो गीतको भिडियोमा गम्भिर विष्टको कोरियोग्राफी रहेको छ । कुमार कट्टेलद्वारा निर्देशित फिल्म ‘लाज शरणम्’ को केही दिनअघि सार्वजनिक भएको ‘हेर्दा हेर्दैमा’ दर्शक तथा स्रोताले मन पराएका छन् ।

नविन श्रेष्ठद्वारा निर्मित फिल्म ‘लाज शरणम्’ को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धुर्मुस’ छन् । यो फिल्ममा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या