७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारको नियतमा शंका नगर्नुस् भन्ने गृहमन्त्रीले एआईजीको राजीनामा गराए : सुमना श्रेष्ठ

२८ माघ २०८१, सोमबार १४:३५

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारले राजनीतिक प्रतिशोधमा निर्णय गर्ने गरेको आरोप लगाएकी छिन् । आइतबार साँझ राजनीतिक थिचाेमिचोका आधारमा एआईजी रवीन्द्र केसीलाई राजीनामा गर्न बाध्य पारेको भन्दै उनले सरकारको नियतमा प्रश्न उठाइन् ।

“हिजो प्रहरी विधेयकमाथि छलफल गर्दै गर्दा राजनीतिक नियतमा शंका नगर्नुस्, दृष्टिमा शंका नगर्नुस् भनेर यस्तो मृदुभाषी भएर बोलियो, तर त्यही राति एकजना एआईजीलाई राजीनामा गर्न लगाइयो, राजनीतिक थिचोमिचोका आधारमा,” साेमबार प्रतिनिधिसभामा प्रश्न गर्दै सुमनाले भनिन्, “बोल्ने एउटा गर्ने अर्को किन ? के ऐन पास भएपछि मात्र राम्रो नियत देखाउनु पर्ने हो ?”

गृहमन्त्रीले रोस्ट्रममा उभिँदा प्रहरी ऐनमा प्रश्न गर्ने पूर्वप्रहरीलाई आधा गिलास खाली भन्दा आधा गिलास भरी भनेर हेर्न आग्रह गरे पनि कार्यक्रममा गएर भने उनीहरूलाई नै प्रश्न गरेको उनले बताइन् ।

“पूर्वप्रहरीलाई जुन प्रकारले गृहमन्त्रीले रोस्ट्रमबाट उभिएर भन्नुभयो, ७० वर्षपछि आएको छ आधा गिलास खाली भन्ने कि आधा भरी भनेर हेर्ने भन्नुभयो,” सुमनाले भनिन्, “तर, अर्को कार्यक्रममा गएर पूर्वप्रहरीहरूलाई त्यही प्रश्न सोध्नुभयो– तपाईंहरूले ७० वर्षसम्म किन ऐन नबनाएको ?” उनले गृहमन्त्रीको कार्यशैलीले सरकारको नियतमा प्रश्न उठाएको दाबी गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या