२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारको नियतमा शंका नगर्नुस् भन्ने गृहमन्त्रीले एआईजीको राजीनामा गराए : सुमना श्रेष्ठ

२०८१, २८ माघ सोमबार १४:३५

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारले राजनीतिक प्रतिशोधमा निर्णय गर्ने गरेको आरोप लगाएकी छिन् । आइतबार साँझ राजनीतिक थिचाेमिचोका आधारमा एआईजी रवीन्द्र केसीलाई राजीनामा गर्न बाध्य पारेको भन्दै उनले सरकारको नियतमा प्रश्न उठाइन् ।

“हिजो प्रहरी विधेयकमाथि छलफल गर्दै गर्दा राजनीतिक नियतमा शंका नगर्नुस्, दृष्टिमा शंका नगर्नुस् भनेर यस्तो मृदुभाषी भएर बोलियो, तर त्यही राति एकजना एआईजीलाई राजीनामा गर्न लगाइयो, राजनीतिक थिचोमिचोका आधारमा,” साेमबार प्रतिनिधिसभामा प्रश्न गर्दै सुमनाले भनिन्, “बोल्ने एउटा गर्ने अर्को किन ? के ऐन पास भएपछि मात्र राम्रो नियत देखाउनु पर्ने हो ?”

गृहमन्त्रीले रोस्ट्रममा उभिँदा प्रहरी ऐनमा प्रश्न गर्ने पूर्वप्रहरीलाई आधा गिलास खाली भन्दा आधा गिलास भरी भनेर हेर्न आग्रह गरे पनि कार्यक्रममा गएर भने उनीहरूलाई नै प्रश्न गरेको उनले बताइन् ।

“पूर्वप्रहरीलाई जुन प्रकारले गृहमन्त्रीले रोस्ट्रमबाट उभिएर भन्नुभयो, ७० वर्षपछि आएको छ आधा गिलास खाली भन्ने कि आधा भरी भनेर हेर्ने भन्नुभयो,” सुमनाले भनिन्, “तर, अर्को कार्यक्रममा गएर पूर्वप्रहरीहरूलाई त्यही प्रश्न सोध्नुभयो– तपाईंहरूले ७० वर्षसम्म किन ऐन नबनाएको ?” उनले गृहमन्त्रीको कार्यशैलीले सरकारको नियतमा प्रश्न उठाएको दाबी गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन