२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्रीसँग केबुलकार विरोधी समूहले वार्ता नगर्ने , आन्दाेलन घाेषणा

२०८१, २८ माघ सोमबार १६:२९

काठमाडौँ | पाथीभरा क्षेत्रमा आन्दाेलनरत पक्षले गृहमन्त्री रमेश लेखकसँग तत्काल छलफल नगर्ने भएका छन् । एमाले सचिव तथा ताप्लेजुङका सांसद योगेशकुमार भट्टराईकाे समन्वयमा मन्त्री लेखकसँग छलफल गर्ने तयारी भएकाे थियाे ।

साेमबार ६ बजे दुवै पक्षबीच छलफलका लागि समय व्यवस्थान भएकाे थियो । तर पहिला राजनीतिक नेतृत्वसँग छलफल गर्ने भनेका आन्दाेलनकारीले नै मन्त्री लेखकसँग छलफल गर्न पछाडि हट्ने स‌ंकेत गरेका छन् । किराँत याक्थुङ चुम्लुङका कार्यवाहक महासचिव यासेली योङहाङले गृहमन्त्रीसँग भेटवार्ता ‘नो केबुलकार’ पक्षबाट नहुने बताए । ‘गृहमन्त्रीसँग भेटवार्ताको जो कुरा छ, हामीले भेटवार्ता गर्ने भनेका छैनौँ र हामी जाँदैनौँ,’ उनले  भने ।

ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा)मा केबुलकार निर्माण खारेजीको माग गर्दै आएको ‘नो केबुलकार’ पक्षले डेढ साता लामो आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । सरकारले केबुलकार निर्माण खारेजी नगरेको भन्दै असन्तुष्ट ‘नो केबुलकार’ पक्षले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

२२ माघमा गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई संयोजक रहेको सरकारी वार्ता टोली र नो केबुलकार पक्षबाट वार्ता सहजीकरण गर्न गठित समितिबीच छबुँदे सहमति भएको थियो । सहमतिअनुसार केबुलकार निर्माण कार्य स्थगन नभएको भन्दै आन्दोलनरत पक्षले सरकारी वार्ता टोलीमाथि प्रश्न उठाउँदै आएको छ । मन्त्रीस्तरीय वार्ता समिति गठनको माग पनि गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन