७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्रीसँग केबुलकार विरोधी समूहले वार्ता नगर्ने , आन्दाेलन घाेषणा

२८ माघ २०८१, सोमबार १६:२९

काठमाडौँ | पाथीभरा क्षेत्रमा आन्दाेलनरत पक्षले गृहमन्त्री रमेश लेखकसँग तत्काल छलफल नगर्ने भएका छन् । एमाले सचिव तथा ताप्लेजुङका सांसद योगेशकुमार भट्टराईकाे समन्वयमा मन्त्री लेखकसँग छलफल गर्ने तयारी भएकाे थियाे ।

साेमबार ६ बजे दुवै पक्षबीच छलफलका लागि समय व्यवस्थान भएकाे थियो । तर पहिला राजनीतिक नेतृत्वसँग छलफल गर्ने भनेका आन्दाेलनकारीले नै मन्त्री लेखकसँग छलफल गर्न पछाडि हट्ने स‌ंकेत गरेका छन् । किराँत याक्थुङ चुम्लुङका कार्यवाहक महासचिव यासेली योङहाङले गृहमन्त्रीसँग भेटवार्ता ‘नो केबुलकार’ पक्षबाट नहुने बताए । ‘गृहमन्त्रीसँग भेटवार्ताको जो कुरा छ, हामीले भेटवार्ता गर्ने भनेका छैनौँ र हामी जाँदैनौँ,’ उनले  भने ।

ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा)मा केबुलकार निर्माण खारेजीको माग गर्दै आएको ‘नो केबुलकार’ पक्षले डेढ साता लामो आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । सरकारले केबुलकार निर्माण खारेजी नगरेको भन्दै असन्तुष्ट ‘नो केबुलकार’ पक्षले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

२२ माघमा गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई संयोजक रहेको सरकारी वार्ता टोली र नो केबुलकार पक्षबाट वार्ता सहजीकरण गर्न गठित समितिबीच छबुँदे सहमति भएको थियो । सहमतिअनुसार केबुलकार निर्माण कार्य स्थगन नभएको भन्दै आन्दोलनरत पक्षले सरकारी वार्ता टोलीमाथि प्रश्न उठाउँदै आएको छ । मन्त्रीस्तरीय वार्ता समिति गठनको माग पनि गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा