७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु : शेखर कोइराला

२८ माघ २०८१, सोमबार १६:५९

काठमाडौँ | नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु भएको बताएका छन् ।‍ सोमबार भक्तपुरमा आयोजित गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति विषयक विचार गोष्ठीमा बोल्दै कोइरालाले संसद्लाई छलेर अध्यादेश ल्याउन जरुरत नै नदेखिएको बताएका हुन् ।

उनले मुलुकको आवश्यकताका आधारमा वर्तमान सरकार गठन भएको भन्दै सरकारलाई सही दिशा दिनका लागि सरकारले गरेका गलत कामहरूलाई बाहिर ल्याउन जरुरी रहेको बताए। कोइरालाले सामाजिक सञ्जाल विधेयक अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लाउने गरी आएको जिकिर गरे ।

उनले दुई तिहाइको बलमा कांग्रेस–एमालेले मात्रै संविधान संशोधन गर्न नहुने भन्दै यसका लागि माओवादी लगायतका दलसँगको सहमतिका आधारमा अघि बढ्नुपर्ने जिकिर गरे। उनले कांग्रेसलाई अघि बढाउनका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने धारणा राखे ।

त्यस्तै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अहिलेको व्यवस्थालाई थप बलियो बनाउने गरि आवश्यकताका आधारमा संविधान संशोधन हुनुपर्ने बताए । संघीय सांसद, प्रदेश सांसद, मन्त्रीमण्डलको संख्या घटाउने, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर संविधान संशोधन गर्नुपर्ने उनको भनाई थियो ।

त्यस्तै कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवाको कुनै विचार नै नभएको र पूर्णरूपमा असफल भएको बताइन् । अहिले एमालेले देश हाँकिरहेको र कांग्रेस छायामा परेको उनको टिप्पणी थियो ।

कोइरालाले अब हुने पार्टीको सभापति शेखर कोइराला नै भएको जिकिर गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी