२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकीकृत समाजवादी र नेकपासँग एकता गर्न छलफल भइरहेको छ: प्रचण्ड

२०८१, २९ माघ मंगलवार १४:०८

सुर्खेत | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही कम्युनिष्ट पार्टीहरूसँग एकताको लागि छलफल भइरहेको बताएका छन्।

मंगलबार सुर्खेत आएका अध्यक्ष प्रचण्डले पत्रकाहरूसँग कुराकानी गर्दै नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्नेबारे कुराकानी भइरहेको बताएका हुन्।

पार्टी एकताबारे एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सँग कुराकानी भएको उनको भनाइ छ।

उनले पार्टी एकताकै लागि समाजवादी मोर्चा बनाएर छलफल गरेको पनि दाबी गरे।

‘पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेको हो, मोर्चाभित्र विश्वासको वातावरण बनाएर पार्टी एकतामा जाने योजना रहेको छ,’ उनले भने।

सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको उनले बताए। सरकारले अहिले भ्रष्टचारमा मुछिएकाहरूलाई बचाउने प्रयास गरिरहेको उनको आरोप छ। वर्तमान सरकारले अध्यादेशमार्फत सरकार चलाउने गलत प्रयास गरेको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी