३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार्यसूचीबाट भ्रष्टाचारसम्बन्धी विधेयक हटाइएकोमा संसदमा लफडा

२९ माघ २०८१, मंगलवार १४:३३

काठमाडौँ | प्रतिनिधिसभाको मंगलबारको बैठकको कार्यसूचीबाट अन्तिम समयमा भ्रष्टाचारसम्बन्धी विधेयक हटाइएपछि सत्तापक्ष र प्रतिपक्षबीच लफडा भएको छ । सरकारको चाहनामा सभामुख देवराज घिमिरेले कार्यसूचीबाट विधेयकलाई हटाएपछि प्रतिपक्षी दलका सांसदले सभामुखलाई स्वविवेकले चल्ने कि सरकारको चाहनामा चल्ने भनी प्रश्न गरेका छन् ।

सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित भ्रष्टाचार निवारण ऐनसम्बन्धी संशोधन विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र छलफलपछि विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख थियो ।

मंगलबार सार्वजनिक दैनिक कार्यसूचीमा भ्रष्टाचारसम्बन्धी विधेयक अगाडि बढाउने कार्यक्रम हटेको हो । संसदको आकस्मिक समयमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदलाई अपहेलना गरिरहेको बताए । ‘संसदलाई सरकारले मिनिमाइज गरिरहेको छ अपहेलना गरिरहेको छ । सरकारले जनताको प्रतिनिधिहरूको आजालाई ठीक ढंगले सुन्न चाहिरहेको छैन,’ उनले भने ।

संसदको विषय सूची कार्यव्यवस्था परामर्श समितिको बैठकबाट १५ माघमा बनाइएको तर कार्यान्वयन नभएको उनले बताए । ‘आज भ्रष्टाचारसम्बन्धी विधेयक पारित हुने प्रस्ताव गर्‍यौं । हिजो पनि सम्भावित कार्यसूचीमा आयो । यहाँ पस्ने समयमा सरकारको समय छैन त्यसकारणले सूचीबाट हटाइयो भन्ने जानकारी दिइयो,’ उनले भने, ‘के सरकारले पालना गर्नुपर्दैन ? संसदले सरकारले जे जे भन्ने हो त्यही त्यहीअनुसार गर्ने हो कि जनताको प्रतिनिधिले बनाएका विषयवस्तुलाई सरकारले पनि पालना गर्नुपर्ने हो ?’

पूर्ववर्ती सरकारले भ्रष्टाचार निरुपणमा काम गरेको र अहिलेको सरकारले भ्रष्टाचारसम्बन्धी विधेयक कार्यसूचीबाट हटाउनुले आशंका जन्माएको पाण्डेले बताए । ‘सममितिबाट सर्वसम्मत पारित भएर आएको विधेयका सरकारले वास्ता गरेन । बारम्बार हामीले विपक्षीको तर्फबाट उठायौँ । भ्रष्टाचारको बारेमा आवाज उठाइरहेका छन् । अहिले त त्यो सम्बन्धी विधेयक नै पारित हुने विषय सूची नै हटाएको छ । यसले आशंका जन्माएको छ,’ पाण्डेले भने ।

पाण्डेले बोलिरहँदा समय सकियो र माइट काटियो । सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले नियमापत्ति गरे । सभामुख घिमिरेले बर्तौलालाई समय दिए । उनले सदन तलबाट (सांसद) लागेको विषयबाट नचल्ने बताए । ‘तलबाट के लाग्यो त्यसको आधारमा संसद बैठक चल्दैन । सम्भावित कार्यसूची कार्यव्यवस्था बैठकबाट निर्णय गरिएको हो । सभामुखको अनुमतिमा कार्यसूची हट्न र थपिन सक्छ,’ बर्तौलाले भने । बैठक संसदको नियमावली बमोजिम चल्नुपर्ने उनले बताए ।

बर्तौलालाई समय दिइएकोमा रास्वपाका सांसद गणेश पराजुलीले नियमापत्ति जनाए । उनले सरकारले संसदलाई पेलेको बताए । ‘सरकारक पक्षको पेलाई कस्तो हो ? समय दिनुपर्ने समय सभामुखको हो । सत्तापक्षले प्रक्रियामा नियमापत्ति गर्नुपर्ने हो कि भाषणा गुर्नपर्ने हो ? प्रतिपक्षलाई दुईतिहाइको धाक दिने हो सभामुख महोदय ?,’ उनले भने । सभामुखको विवेकमा पनि उनले प्रश्न गरे । ‘सभामुखलाई सरकारले सिकाउने हो कि आफ्नो स्वविवेक प्रयोग गर्ने हो ? यसमा घोर आपत्ति र विरोध छ,’ पराजुलीले भने ।

भ्रष्टाचार विधेयक ओलीकै पालमा ६ माघ २०७६ मा राष्ट्रियसभामा दर्ता भएको थियो । विधेयक २७ चैत २०७९ मा पास भएर प्रतिनिधिसभामा आएको थियो । प्रतिनिधिसभाले सैद्धान्तिक छलफल गरेर ३१ भदौ २०८० मा विधेयकलाई राज्य व्यवस्था समितिमा पठाएको थियो भने राज्य व्यवस्था समितिल १८ पुस २०८१ विधेयक पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन