२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद् नै अवरोध हुनेगरी २ मिनेटमा के भनेका थिए रामहरिले ?

२०८१, २९ माघ मंगलवार १५:३४

काठमाडौँ | प्रतिनिधि सभा बैठक स्थगीत भएको छ । शून्य समय सकिएपछि पनि विषेश समय दिएको भन्दै प्रतिपक्षी दलले अवरोध गरेपछि बैठक स्थगीत भएको हो ।

आज बसेको बैठकमा शून्य समय सकिएपछि सभामुखको आसनमा रहेकी उपसभामुख इन्दिरा रानाले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न समय दिईन् । उपसभामुखबाट बोल्ने समय पाएपछि २ मिनेट बोलेका रामहरिले गृहमन्त्री रमेश लेखक र प्रहरीका आईजीपी बसन्त कुँवरको बचाउ गर्दै आफ्नो कुरा राख्न सुरु गरे ।

लेखक र कुँवरको बचाउन गरेका खतिवडाले रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री हुँदा प्रहरीमा बेथिती भित्र्याएको,१६ महिना जुनियरलाई बढुवा गरेको तथा मोलतोल गरेर सरुवा भएकोजस्ता आरोप लगाएका थिए ।

खतिवडालगत्तै रास्वपा सांसद गणेश पराजुलीले कुन नियम अन्तर्गत बोल्न दिइएको भनेर नियमापत्ति जनाए ।यता रानाले आफूले लिष्ट हेर्दा झुक्किएर बोलाएको भन्दै सदनको कारवाही अघि बढाउन खोजे पनि माओवादीका सांसद तथा प्रमुख सचेतक हितराज पाण्डेले पनि उठेर नियमापत्ति जनाएपछि सदनको माहोल तातेको थियो ।

२ मिनेट समय पाएका खतिवडाले यस्तो थियो बोलेका कुरा

संसद् सुरु हुँदै गर्दा धेरै कुरा सुन्नमा आयो । नेपाल प्रहरीलाई दुरुपयोग गरियो भन्ने समाचार सुन्नमा आयो । तर हामीले को गृहमन्त्री हुँदा देखेका थियौँ । एक नम्बरकोलाई नबनाएर १५ नम्बरको प्रमोसन गरेको देख्यौँ । आइजीपीलाई समितिमा बोलाएर निर्दोष छ भनिदे न भनेर कानेखुसी गरेको पनि देख्यौँ । कसले सदुपयोग र कसले दुरुपयोग गर्यो त्यहाँ हेर्ने बेला भएको छ । प्रहरीमा हाइजम्प लमजम्प गरियो ।

दुई व्याज पछाडिकोलाई प्रमोसन गरियो । त्यतिमात्र होइन, प्रहरीमा ५२ दिन नपुगी सरुवा स्थगन गरियो त्यो कसको पालामा हो जवाफ चाहियो । बहस गर्ने वकिललाई झ्यामझ्याम गालामा हानेर सडकमा ल्याउने काम गरियो । अदालतमा मुद्दा चलिरहँदा बाहिर जुलुस निकालेर जिन्दाबाद मुर्दावाद प्रचलन सुरु भयो । यो कसले गरेको थियो ? सदनमा सत्तामा हुँदा एउटा कुरा गर्ने प्रतिपक्षमा हुँदा अर्को कुरा गर्ने पद्धतिको अन्त्य गर्नुपर्छ भन्ने हाम्रो धारणा छ । हामीले यो र त्यो भनेका छैनौँ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी