७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद् नै अवरोध हुनेगरी २ मिनेटमा के भनेका थिए रामहरिले ?

२९ माघ २०८१, मंगलवार १५:३४

काठमाडौँ | प्रतिनिधि सभा बैठक स्थगीत भएको छ । शून्य समय सकिएपछि पनि विषेश समय दिएको भन्दै प्रतिपक्षी दलले अवरोध गरेपछि बैठक स्थगीत भएको हो ।

आज बसेको बैठकमा शून्य समय सकिएपछि सभामुखको आसनमा रहेकी उपसभामुख इन्दिरा रानाले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न समय दिईन् । उपसभामुखबाट बोल्ने समय पाएपछि २ मिनेट बोलेका रामहरिले गृहमन्त्री रमेश लेखक र प्रहरीका आईजीपी बसन्त कुँवरको बचाउ गर्दै आफ्नो कुरा राख्न सुरु गरे ।

लेखक र कुँवरको बचाउन गरेका खतिवडाले रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री हुँदा प्रहरीमा बेथिती भित्र्याएको,१६ महिना जुनियरलाई बढुवा गरेको तथा मोलतोल गरेर सरुवा भएकोजस्ता आरोप लगाएका थिए ।

खतिवडालगत्तै रास्वपा सांसद गणेश पराजुलीले कुन नियम अन्तर्गत बोल्न दिइएको भनेर नियमापत्ति जनाए ।यता रानाले आफूले लिष्ट हेर्दा झुक्किएर बोलाएको भन्दै सदनको कारवाही अघि बढाउन खोजे पनि माओवादीका सांसद तथा प्रमुख सचेतक हितराज पाण्डेले पनि उठेर नियमापत्ति जनाएपछि सदनको माहोल तातेको थियो ।

२ मिनेट समय पाएका खतिवडाले यस्तो थियो बोलेका कुरा

संसद् सुरु हुँदै गर्दा धेरै कुरा सुन्नमा आयो । नेपाल प्रहरीलाई दुरुपयोग गरियो भन्ने समाचार सुन्नमा आयो । तर हामीले को गृहमन्त्री हुँदा देखेका थियौँ । एक नम्बरकोलाई नबनाएर १५ नम्बरको प्रमोसन गरेको देख्यौँ । आइजीपीलाई समितिमा बोलाएर निर्दोष छ भनिदे न भनेर कानेखुसी गरेको पनि देख्यौँ । कसले सदुपयोग र कसले दुरुपयोग गर्यो त्यहाँ हेर्ने बेला भएको छ । प्रहरीमा हाइजम्प लमजम्प गरियो ।

दुई व्याज पछाडिकोलाई प्रमोसन गरियो । त्यतिमात्र होइन, प्रहरीमा ५२ दिन नपुगी सरुवा स्थगन गरियो त्यो कसको पालामा हो जवाफ चाहियो । बहस गर्ने वकिललाई झ्यामझ्याम गालामा हानेर सडकमा ल्याउने काम गरियो । अदालतमा मुद्दा चलिरहँदा बाहिर जुलुस निकालेर जिन्दाबाद मुर्दावाद प्रचलन सुरु भयो । यो कसले गरेको थियो ? सदनमा सत्तामा हुँदा एउटा कुरा गर्ने प्रतिपक्षमा हुँदा अर्को कुरा गर्ने पद्धतिको अन्त्य गर्नुपर्छ भन्ने हाम्रो धारणा छ । हामीले यो र त्यो भनेका छैनौँ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या