२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने जसपाको निर्णयले अफ्ट्यारोमा सरकार

२०८१, २९ माघ मंगलवार १६:५९

काठमाडौँ | जनता समाजवादी पार्टी(नेपाल)ले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेपछि सरकार अफ्ट्यारोमा परेको छ । मंगलबार बसेको जसपा नेपाल संसदीय दल बैठकले अध्यादेश सरकारी जग्गा व्यक्तिलाई बाँड्ने गरी ल्याइएकाले समर्थन गर्न नसकिने निर्णय गरेपछि सरकार अफ्ट्यारोमा परेको हो ।

सरकारसँग अध्यादेश फिर्ता लिएर विधेयकका रूपमा प्रस्तुत गर्ने अधिकार त छ तर, अहिले स्वीकृत नभएको अध्यादेश विधेयकका रूपमा आउँदा पनि स्वीकृत नहुने सम्भावना रहन्छ । किनकि राष्ट्रियसभामा जसपा नेपालबिना सत्ता पक्षको बहुमत पुग्दैन ।

जसपाका नेपालका अध्यक्ष उपेन्द्र यादवले गत पुस १४ गते जारी सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ र पुस २९ गते जारी अन्य चारवटा अध्यादेशलाई भने समर्थन र सहयोग गर्ने तर, भूमि सम्बन्धी अध्यादेशलाई समर्थन गर्न नसक्ने निर्णय दलको बैठकले गरेको बताएका छन् ।

जसपा नेपालले सांसद राजकिशोर यादवको संयोजकमा कार्यदल बनाएर अध्यादेशबारे अध्ययन गरेको थियो । कार्यदलले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने सिफारिस गरेपछि दलले समर्थन नगर्ने निर्णय गरेको हो ।

बाँकी सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, निजीकरण पहिलो संशोधन अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा भने जसपा नेपालले समर्थन गर्ने भएको छ ।

भूमि सम्बन्धी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले पनि केही दिन होल्ड गरेका थिए ।

अध्यादेश पास गराउन राष्ट्रियसभामा जसपा निर्णायक छ । अध्यादेश पास वा फेल गराउने खेलका निर्णायक जनता समाजवादी नेपाल भएपछि उसले त्यस्तो निर्णय गरेर सरकारलाई अफ्ट्यारो पारिदिएको हो ।

राष्ट्रियसभामा अहिले यादव नेतृत्वको जसपा नेपालका तीन सांसदले मत नदिँदा सरकार पक्षको बहुमत पुग्दैन ।

सरकारलाई समर्थन दिए पनि जसपा नेपाल अहिले सरकारमा छैन ।

जसपाको यो निर्णयपछि सरकारी गठबन्धन दलका नेताहरू भूमिसम्बन्धी अध्यादेश के गर्ने भन्ने विषयमा बैठक बसेर निर्णय गरिने बताउँछन् । अहिले नै यो गर्ने भन्ने केही तय नभएको उनीहरूको भनाइ छ ।

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जसपा नेपालको निर्णयपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा कुनै छलफल नभएको जानकारी दिए । पहिला पार्टीमा र पछि सत्ता गठबन्धनमा छलफल गरेर निर्णयमा पुगिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी