७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिमेन्टमा भएको मूल्यवृद्धिबारे अध्ययन हुनेछ : मन्त्री भण्डारी

२९ माघ २०८१, मंगलवार १७:०९

काठमाडौँ | उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले सिमेन्टमा भएको मूल्यवृद्धिका विषयमा अध्ययन हुने बताएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा उनले सिमेन्टमा भएको मूल्यवृद्धिका साथै उत्पादन र लागतको अवस्थाका अध्ययन गर्न समिति गठन गरिएको जानकारी दिए ।

उनले केही सिमेन्ट उद्योगहरूले घाटामा सिमेन्ट बिक्री गर्नुपरेको गुनासो गरेको भन्दै सबै विषयमा अध्ययन हुने जिकिर गरे । उनले उपभोक्तालाई पनि मारमा पर्न नदिने र उद्योगीहरूलाई पनि निरुत्साहित नबनाइएको स्पष्ट पारे । मुलुकको आत्मनिर्भर उद्योगको रूपमा रहेको सिमेन्ट उद्योगका बारेमा सरकारले नसोच्ने हो भने अन्य उद्योगजस्तै धरासयी हुने उनले बताए ।

उनले अहिले बढेको मूल्यमा समेत घाटा भएको व्यवसायीले जनाएको जिकिर गरे । मन्त्री भण्डारीले अघोषित लोडसेडिङका कारण पनि सिमेन्टको मूल्यवृद्धि भएको जानकारी गराएपछि सांसदहरूले आपत्ति जनाएका थिए । त्यसपछि मन्त्री भण्डारीले सिमेन्टको मूल्यवृद्धि नियन्त्रण गर्ने दायित्व सरकारको भएको भन्दै समितिको निर्देशन स्वीकार्य हुने जिकिर गरे ।

त्यस्तै समिति सदस्यहरूले सिमेन्टमा भएको मूल्यवृद्धि अस्वाभाविक भएको भन्दै तत्काल नियन्त्रण गर्न राज्य गम्भीर हुनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या