७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैठकमा मनिष झाको प्रश्न- वर्षाैं जेल बसेर बाहिर आउँदा नेताहरुकाे एकाएक महल कसरी ठडियो ?

२९ माघ २०८१, मंगलवार १७:३१

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संसद्‌को गरिमा राख्ने विषयमा सत्तापक्षले अराजकता प्रस्तुत गरेको बताएका छन्। मंगलबारको प्रतिनिधिसभाको बैठकमा झाले संख्या देखाएर तर्साउन नखोज्न चेतावनी दिएका हुन्।

‘संसद्को गरिमा संख्याले हुँदैन सिद्धान्तले हुन्छ। सम्झाउन चाहन्छु। संख्याले तर्साउन नखोजे हुन्छ,’ उनले भने।

भ्रष्टाचारीको मुख हेर्दिनँ भन्नेलाई सम्झाउन चाहन्छु भन्दै उनले थपे- आजै आएको ट्रान्सपरेन्सीको रिपोर्टमा अझै खस्किएका छौँ त्यो पनि सम्झाउन चाहन्छु।’

उनले अहिलेका गृहमन्त्रीले गरेको ज्याजतिको प्रमाण आफूसँग भएको भन्दै उनले सभामुखलाई कहाँ बुझाउँ भन्दै प्रश्न गरे। झाले कांग्रेस सांसद गगन थापाले रास्वपाका सभापति रवि लामिछानेविरुद्ध प्रमाण रहेको बताएकोमा व्यंग्य गर्दै आफू भने चटक नभई प्रमाणको ठेली बोकेर आएको बताए।

‘देखाइदिउँ देखाइदिउँ भनेर चटक गर्न आएको होइन। सभामुखज्यु प्रमाण एक ठेली तपाईंका लागि ल्याइदिएको छु। मलाई आदेश दिनु मैले कहाँ बुझाउँ ? म आज नै बुझाउन चाहन्छु’ उनले भने।

उनले सम्पत्ती शुद्धीकरणको विषयमा क-कसको छानबिन गर्न टुंग्याउन व्यंग्य गर्दै आग्रह गरे।

‘वर्षाैं जेल बसेर बाहिर आउँदा एकाएक महल कसरी ठडियो ? कुनै व्यवसाय थिएन, आर्थिक स्रोतको कुरै छैन, तर सबैकाे नेताहरुकाे महल ठडिएकाे छ । त्यसको छानविन गर्नुपर्दैन ? हाम्रो पनि गरौं र सुशासनको अध्यासको सुरुवात गरौं ।’

यदी कसैको सम्पत्ति छानविन नगर्ने हो भने संसद रोकेर अध्यादेशमार्फत नै निर्णय गर्न पनि उनको चुनौती छ । ‘केही दिनका लागि सदन रोकौं । अर्को अध्यादेश ल्याइदिनुहोस् र भन्नुहोस् तत् पार्टीका नेताहरुको सम्पत्ति छानविन आजीवन हुँदैन भनेर ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या