७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

संघीय संसद अन्तर्गत आज आठवटा समितिको बैठक बस्दै

३० माघ २०८१, बुधबार ०८:५८

काठमाडौँ | आज संघीय संसद अन्तर्गत विभिन्न आठवटा समितिको बैठक बस्दै छ । आज प्रतिनिधिसभाका ६ र राष्ट्रिय सभाअन्तर्गतका दुई गरी आठवटा समितिको बैठक एकैदिन बस्न लागेका हुन् ।

यसैअनुसार अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै भएको छ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सांसदहरुसंग छलफल गर्नेछन् ।

यस्तै,कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको पनि आज बैठक बस्दैछ । बिहान ११ बजेनै बस्ने बैठकमा समितिको आगामी कार्यक्रम तथा समसामयिक विषयमा छलफल हुनेछ ।

यसैगरी महिला तथा सामाजिक मामिला समितिमा समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा आगामी अनुगमन भ्रमण तथा कार्यक्रम सम्बन्धमा छलफल हुनेछ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बिहान ११:३० बजे बस्दैछ । बैठकमा माउण्ट एभरेष्ट ब्रुअरी प्रालिमा कार्यरत श्रमिकको पारिश्रमिक सम्बन्धमा छलफल हुनेछ । यस्तै आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्दैछ । ११:३० बजेका लागि बोलाइएको बैठकमा विद्यमान निर्वाचन प्रणाली र यसका विकल्पहरूमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी राज्यव्यवस्था तथा सुशासन समितिको सवा १२ बजे बैठक बस्दैछ । उक्त बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुने भएको छ ।

आज दिउँसो साढे १ बजे बस्न लागेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुने छ । यस्तै,राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको ४५ औँ बैठक पनि आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा मस्यौदा प्रतिवेदनउपर छलफल हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी