७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जसपाका केन्द्रीय सदस्यसहित १०० जना कांग्रेसमा प्रवेश

३० माघ २०८१, बुधबार १५:५६

काठमाडौँ | जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य अमृतबहादुर सुनुवारसहित विभिन्न पार्टीका १०० जना नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास, बुढानीलकण्ठमा आयोजित विशेष कार्यक्रममा उनीहरू कांग्रेसमा प्रवेश गरेका हुन्। देउवाले पार्टीमा प्रवेश गर्नेहरूलाई खादा ओढाएर कांग्रेसको साधारण सदस्यता प्रदान गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नवप्रवेशीहरूलाई पार्टीमा सक्रिय भएर लाग्न आग्रह गर्दै भने, “पार्टीमा अवसर बाँडफाँट गर्दा नयाँ र पुरानोभन्दा पनि योगदान र सक्रियता प्रमुख आधार हुनेछ। तपाईंहरू सबै कांग्रेसलाई अझ बलियो बनाउन लागि पर्नुहोस्।”

रामेछापका जिल्ला सभापतिसमेत रहेका उर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले रामेछाप, दोलखा लगायतका विभिन्न जिल्लाका नेता-कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराउन समन्वय गरेका थिए। उनले नवप्रवेशीहरूलाई स्वागत गर्दै कांग्रेसमा कसैलाई अन्याय हुन नदिने भन्दै संगठनलाई बलियो बनाउन आग्रह गरे।

पार्टी प्रवेश कार्यक्रममा पूर्वसांसद दिलमान पाख्रिन, दोलखा कांग्रेस सभापति वर्मा लामा लगायतका नेताहरूको उपस्थिति थियो।

कांग्रेसमा प्रवेश गर्नेहरूमा जसपाका केन्द्रीय परिषद् सदस्य मनप्रसाद सुनुवार, जसपाकै महिला केन्द्रीय सदस्य लुकमाया सुनुवार, रामेछाप जिल्ला सचिव प्रसाद सुनुवार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रामेछापका उपाध्यक्ष दशराम सुनुवारसहित विभिन्न दलका १०० जना नेता तथा कार्यकर्ताहरू रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या